बिरगंज । पर्सा जिल्ला बिरगंज महानगर पालिका वडा न.३१ बेल्वाका ३० बर्षिय सतन माझीको आज भाईजान अफ बिरगंजको सहयोगमा उद्दार गरिएको सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका सचिव दिलिप प्रधानले पर्सा पोस्टलाई जानकारी गराउनु भयो।
भाईजान अफ बिरगंजका अध्यक्ष नौसाद अन्सारी , आस्था नेपाल बिरगंजका सदस्य नुरुहदिन हवारी र समाज परिवर्तन नेपाल बिरगंजका अध्यक्ष अकलेस साहको सहयोगमा र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा मुर्ली श्रीपुरका सचिव दिलिप प्रधानको पहलमा आज ईन्डो नेपाल हस्पिटल प्रा. लि. बिरगंजमा उपचाररत माझीको मृत्य भएको र गरिबी , घरायसी अवस्था कमजोर रहेकोले उपचारमा लागेको खर्चको रकम बुझाउन नसकेकोले उपचारमा लागेको सम्पुर्ण रकम माफ गर्न लगाई , गाउसम्म पुर्याउन एम्बुलेन्सको समेत व्यवस्था गरि पठाएको सचिव दिलिप प्रधानले जानकारी गराएका थिए ।
बिरगंज वडा न. ३१ बेल्वा बस्ने अन्दाजी बर्ष ४२ कि लक्ष्मीनिया देबि मुसहरको छोरा अन्दाजी बर्ष ३० को सतन माझीको घरायसी अवस्था निकै कमजोर रहेको र आर्थिक अवस्था कमजोरको कारण बाध्य भएर बिहीबार बिष सेवन गरेको अवस्थामा दिउसो १२ बजे बिरगंजको ईन्डो अस्पतालमा भर्ना भएको र उपचारको क्रममा शुक्रबार बिहान ३ बजे निज माझीको मृत्यु भएको थियो ।
निज मृतकको श्रीमती रफता देबि माझीको ९ महिनाको छोरा र ३ बर्षको छोरी रहेको समेत सचीव दिलिप प्रधानले बताए ।