• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    आत्महत्या दुरुत्साहनमा ६ महिना कैद

  • वीरगंज संजाल
  • ३ आश्विन २०७६, शुक्रबार ०९:०१
  • ६३४७

    चितवन : आत्महत्या दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतले एक अभियुक्तलाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ ।

    चितवन जिल्ला अदालतका स्रेस्तेदार रुद्रमणि गिरीका अनुसार अदालतले बुधबार खैरहनीका संजोग गिरीलाई सजायँ तोकेको हो । गत वर्षदेखि दर्ता हुन थालेको आत्महत्या गर्न बाध्य पार्ने अर्थात दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतले गरेको यो तेस्रो फैसला हो ।

    संजोग विरुद्ध गत चैत २४ मा मुद्दा दायर भएको थियो । संजोगसँग बिहे गरेकी युवतीले गत फागुन १३ मा घरमै झुण्डिएर आत्महत्या गरेकी थिइन् । दिवंगत युवतीका माइती पक्षले संजोग र संजोगका बाबुआमा विरुद्ध प्रहरीमा उजुरी दिएपछि फागुन २७ मा उनीहरु पक्राउ परेका थिए । मुद्दा दायर भएपछि अरु जनही ३० हजार रुपैयाँ धरौटीमा छुटे पनि संजोग कारागार चलान भएका थिए ।

    अदालतले संजोगलाई सजाय गरे पनि यो मुद्दामा अरुलाई सफाइ दिएको स्रेस्तेदार रुद्रमणि गिरीले बताए । त्यसैगरी माइती पक्षलाई क्षतिपूर्ति स्वरुप एक लाख रुपैयाँ तिर्नुपर्ने अदालतको फैसलामा उल्लेख भएको उनले जानकारी दिए । नयाँ मुलुकी संहिता जारी भएपछि चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनमा अहिलेसम्म ७ वटा मुद्दा दायर भएको सरकारी वकिलको कार्यालयका सूचना अधिकारी प्रकाश थापाले बताए ।

    जसमध्ये फैसला भएका तीनवटा मुद्दा सबैमा अभियुक्तलाई जेल सजायँ भएको छ । चितवन जिल्ला अदालतमा माधव न्यौपानविरुद्ध आत्महत्या दुरुस्तासहनको पहिलो मुद्दा दायर भएको थियो । पहिलो फैसला पनि सोही मुद्दामा भएको थियो । गत वर्षको मंसिर एक गते एकजना महिलाले आत्महत्या गरेपछि दुरुत्साहन अभियोगमा माधवविरुद्ध मंसिर २५ गते मुद्दा दायर भएको थियो ।

    यो मुद्दामा बैशाख २४ मा कसुर ठहर गर्दै अदालतले माधवलाई ६ महिना कैद र पाँच हजार जरिवाना सुनाएको थियो । त्यसैगरी मृतकका आफन्तलाई एक लाख रुपैयाँ क्षतिपूर्ति दिनु पर्ने फैसला पनि अदालतले गरेको थियो । यसैगरी मंसिर ४ गते दायर भएको अर्को मुद्दामा चितवन अदालतले जेठ ९ गते फैसला गरेको थियो । जसमा आत्महत्या गरेकी महिलाका श्रीमानलाई सजाय भएको छ ।

    आत्महत्या गरेर गत वर्षको कात्तिक १६ मा राप्ती नगरपालिका–२ मा २३ वर्षीय महिलाको निधन भएपछि प्रहरीले कात्तिक १७ गते उनका श्रीमान् जयराम सेढाई र आमाजुलाई गिरफ्तार गरेको थियो । अदालतमा मंसिर ४ गते मुद्दा दायर भयो । मंसिर ८ गते थुनछेक आदेश हुँदा मृतक महिलाका श्रीमान् जयराम सेढाई कारागार चलान भए । आमाजु एक लाख रुपैयाँ धरौटी राखेर तारेखमा छुटिन् । फैसला हुँदा उनले सफाइ पाइन ।

    अदालतले जेठ ९ गते महिलाका श्रीमान् जयराम सेढाईलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवना हुने फैसला गरेको थियो । ५० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने छ । अदालतमा अहिले आत्महत्या दुरुत्साहनका चारवटा मुद्दा विरचाराधीन छन ।

    जसमा सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनमा दायर भएको कार्यक्रम प्रस्तोता रवी लामिछाने लगायत विरुद्धको मुद्दासमेत छ । यो समाचार कान्तिपुर दैनिकमा रमेशकुमार पौडेलले लेखेका हुन ।the nepal top

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑