वीरगंज ।पर्सामा फेरि टेस्टको दायरा घाटदै गएको छ । यो सङगै संंक्रमित को संख्या दिन प्राती दिन घाटदै गएको छ । कोरोनाको लक्ष्ण हेरिएको ब्याक्तीले समेत परिक्षण गराउन खोजदा पैसाको अभाव र सरकारको नितिनियमको प्रभाव ले घरमा नै बस्न बाध्य भनेका छ्न ।
साथै पोसेटिव भएको ब्याक्ती सङग सम्पर्कमा आएको ब्याक्तीको कन्टेक्ट ट्रेसिङ्ग गरने कर्यपनी रोकिएको छ। यस्को फलस्वरूप पर्सामा दिन प्रती दिन संक्रमितको संंख्या घाटदै गएको देखिन्छ।आज पर्सा र बारामा कोरोनाभाइरस संक्रमितहरुको संख्या घट-बढ हुने क्रम जारी छ । शनिबार जम्मा ६ जना कोरोना संक्रमित भेटिएको पर्सामा आइतबार संख्या ह्वातै बढेको छ ।
नारायणी अस्पतालको पिसिआर प्रयोशालामा गरिएको पछिल्लो परिक्षणका अनुसार पर्सामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बारामा जम्मा २ जना नयाँ संक्रमति भेटिएका छन् ।अस्पतालले शनिबार अबेरराति गरेको परिक्षणको नतिजा सार्वजनिक गर्दा पर्सा र बारामा ५ महिलासहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालको प्रयोशालामा ५ सय १० जनाको पिसिआर परिक्षण गर्दा यति संक्रमित भेटिएको अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए । संक्रमितहरु १६ वर्षदेखि ६४ वर्ष उमेर समुहका छन् ।
थपिएका संक्रमित मध्ये वीरगञ्जस्थित कृषि औजार कारखानाको ब्यारेकमा कार्यरत दुई सशस्त्र प्रहरीका जवान र नबिल बैंक वीरगञ्ज शाखामा कार्यरत पाँच जना कर्मचारीपनि रहेका छन् ।
त्यस्तै पर्सामा थपिएका अन्य संक्रमितहरु वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १२ को तिन जना, वडा नम्बर ९, १५ र २५ का दुई/दुई जना र वडा नम्बर ६, १०, १३, १४, २०, २१ का एक/एक रहेका छन् भने, कालिकामाई गाउँपालिका वडा नम्बर ४ का एक जना र जगरनाथपूर गाउँपालिका वडा नम्बर ५ का एक रहेका छन् ।
थप पाँच संक्रमितहरुको ठेगना खुल्न सकेको छैन ।त्यसैगरी बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर २ का दुई जनामा कोरोना संक्रमण देखिएको डा. चौरसियाले बताए ।
आइतबार थपिएका संक्रमितमध्ये २३ जनाको सिटि भ्यालु २४ भन्दा माथि रहेको छ भने ३ जनाको २४ भन्दा कम रहेको छ ।