विरगंज । रुसी वैज्ञानिकहरूले कोरोना भाइरस विरुद्धको खोप परीक्षण गरेका छन् । यसले मानिसमा भाइरस विरुद्ध लड्ने प्रणालीको विकास भएको उनीहरुको दाबी छ । खोप परीक्षणबारे पहिलो प्रतिवेदन प्रकाशित गर्दै उनीहरूले त्यस्तो दाबी गरेका हुन् ।
मेडिकल जर्नल द लान्सेटमा प्रकाशित प्रतिवेदनमा खोप परीक्षणमा सहभागी सबैमा भाइरस विरुद्ध लड्ने प्रतिरोधात्मक प्रणालीको विकास भएको र कुनै गम्भीर साइड इफेक्ट नभएको उल्लेख छ ।
विज्ञहरूले भने यस खोपको प्रभावकारिता र सुरक्षित भएको प्रमाणित गर्नका लागि थप परीक्षणहरु गर्नुपर्ने बताएका छन् । तर मस्कोले आलोचकहरूलाई जवाफ दिँदै अहिलेसम्म प्राप्त परिणामको प्रशंसा गरेको छ ।
केही पश्चिमा विज्ञहरूले भने यसबारेमा आशंका गरेका छन् । अनुसन्धानकर्ताहरूले छिटो हुन रुसले सजिलो बाटो रोजेको हुनसक्ने आरोप पनि लगाएका छन् ।