विरगंज । विश्वभरका वैज्ञानिकहरु अहिले कोरोनाभाइरसविरुद्धको भ्याक्सिन बनाउन लागिरहेका छन् । अनि जतिसक्दो छिटो कोरोनाभाइरसको भ्याक्सिन बनाउनु पर्ने दबाबमा पनि छन् ।
सामाजिक दूरीले यो भाइरसको प्रभावलाई कम त गर्न सकिन्छ । तर, विशेषज्ञहरुले महामारी रोक्ने एउटै उपाय भनेको भ्याक्सिन भएको जनाएका छन् ।
तर, अहिलेसम्मका अभ्यासलाई हेर्ने हो भने विभिन्न भ्याक्सिनहरुबारे सुरुमा अत्यन्त राम्रो सोचिन्छ । पछि गएपछि यी भ्याक्सिनहरु काम नगर्ने हुन् भन्ने प्रमाणित हुन्छ ।
यही सन्दर्भमा अब विश्वभर उठेको प्रश्न हो– नोभेम्बरमा आउने भनिएको कोरोनाभाइरस भ्याक्सिन कति सुरक्षित होला त ?
यसबारे अहिले विभिन्न देशमा बहस भएको छ । तर, यसको ठोस जवाफ आउन सकेको छैन । बेलायतमा चाहिँ अब आउने भ्याक्सिन कुनै परीक्षणविना नै मानिसमा प्रयोग गर्न दिइनु पर्ने आवाज उठ्न थालेको छ ।