विरगंज । विरगंजमा बिहीबार आयोजित प्रदेश नम्बर २ कै पहिलो प्लाज्मा दान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कोरोना सङ्क्रमणमुक्त भएकाहरूले आफ्नो प्लाज्मा दान गरेका थिए ।
कोरोना सङ्क्रमितहरुको उपचारमा एकदमै प्रभावकारी देखिएको प्लाज्मा थरेपिबाट पछिल्लो केही दिनदेखि विरगंजमा समेत उपचार सुरु भएको छ ।
नागरिक सरोकार समाज पर्सा र नारायणी अस्पताल प्लाज्मा स्टडी ग्रुपको आयोजनामा गरिएको कार्यक्रममा पाँच जनाले रक्तदान गरेका थिए ।
उनीहरूले दिएको रक्त बाट प्लाजमालाई निकालेर कोरोना संक्रमितहरुको उपचारमा प्रयोग गरिनेछ । एउटा व्यक्तिको प्लाजमाबाट ३ व्यक्ति सम्मको उपचार गर्न मिल्ने चिकित्सकहरूले बताएका छन् ।
नेपाल चिकित्सक संघ नारायणी शाखाको सहकार्य र नेपाली रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र विरगंज र विरगंज उद्योग वाणिज्य संघको सहयोगमा गरिएको कार्यक्रम नेपाल चिकित्सक संघ पर्सा शाखाको सभा हलमा गरिएको थियो ।यो समाचार यात्रा डैली बाट सभार गरिएक हो।