विरगंज ।पर्सामा १५ वटा जबरजस्ती करणीका घटनाहरु घटेको जानकारि प्राप्त भएको छ। पर्सा जिल्लाको तथ्याङ्क हेर्दा कोरोना संक्रमण भन्दा पनि आत्महत्याको घटना खतरनाक देखिएको छ ।कोरोना संक्रमणका कारण पर्सामा ३६ जनाको मृत्यु भएको छ भने कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारले गरेको लकडाउनको अवधिमा २६ जनाले आत्महत्या गरिसकेका छन् । यस विषम परिस्थितिमा पर्सा लगय्त देश भर आत्महत्याको घटना निरन्तर बढ्दै गईरहेको छ ।
गत चैत्र ११ देखि भदौ १६ गतेसम्म पर्सा प्रहरी कार्यालयमा दर्ता भएको विवरण अनुसार पर्सामा यस अवधिमा २६ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा वृद्धादेखि बालिकासम्म रहेका छन् । मुद्दा कम दर्ता भएको प्रहरीको तथ्यांकले देखाएपनि घटना भने लकडाउनको समयमा धेरै भएको जानकारि प्राप्त भएको छ।
पर्सा जिल्लाको तथ्याङ्क हेर्दा पर्समा २६ जनाले आत्महत्या गरेको छन ।
त्यस्तै पर्साका १ सय ३६ जनाले घरेलु हिंसा सम्बन्धी उजुरी दिएको जानकारि प्राप्त भएको छ।
त्यस्त पर्सामा १५ वटा जबरजस्ती करणीका घटनाहरु घटेको जानकारि प्राप्त भएको छ।
त्यस्तै प्रदेश २ मा जबरजस्ती करणी उद्योगका २७, बहुबिबाह सम्बन्धी घटनाको २१, बालबिबाह ४, अवैध गर्भपतन ५, बोक्सीको आरोप सम्बन्धी ८, बालयौन दूराचार १६ र अप्राकृतिक मैथुन सम्बन्धी ३ वटा उजुरीहरुको परेको प्रहरीले जानकारी दिएको छ ।