बर्दिबास । महोत्तरीको बर्दिबासमा टिप्परले अटोलाई ठक्कर दिदा अटोमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका वडा नम्बर १ का ४० बर्षीय टेकनारायण श्रेष्ठ रहेका छन् ।
शनिबार बिहान बर्दिबास चौकमा रोकेर राखिएको ना.३ स. २३६१ नम्बरको अटोलाई आर जे ०२ जी बि ३३४७ नम्बर भएको भारतीय लहरीले ठक्कर दिदा अटोमा सवार रहेका श्रेष्ठको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दिबासका प्रवक्ता सोनु कुमार साहले जानकारी दिए ।
भारतीय लहरी चालक अरबिन कुमार बलाइत लहरी इलाका प्रहरी कार्यलय बर्दिबासको नियन्त्रणमा रहेका छन् ।