एजेन्सी । फिलिपिन्समा लामखु्ट्टेबाट लाग्ने डेंगुका कारण गत जनवरीदेखि ६२२ जनाको मृत्यु भइसकेको छ भने लाखौँ जोखिममा रहेको बताइएको छ । स्वास्थ्य विभागका अनुसार वर्षको सुरुवातदेखि नै डेंगु सम्बन्धी एक लाख ४६ हजार घटना रेकर्ड भइसकेका छन् जुन गत वर्षको तुलनामा ९८ प्रतिशत वृद्धि भएको बताइएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ
विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष विश्वभर लाखौँ मानिस डेंगुबाट संक्रमित हुने गरेका छन् र पाँच लाखमा अस्पताल नै भर्ना गर्नुपर्नेगरी गम्भीर लक्षण देखा पर्छ भने १२ हजार भन्दा धेरैको यसैकारण मृत्यु हुने गरेको छ । यस्तोमा फिलिपिन्सले गत महिनामा मात्र ४५० जनाको मृत्युपछि डेंगु सम्बन्धी राष्ट्रिय अर्लट घोषणा गरेको थियो । यस्तोमा एक महिनामै थप दुईसय जनाको मृत्यु भएपछि यसलाई राष्ट्रिय महामारी घोषणा गरिएको हो । सरकारी अधिकारीहरुले केही निश्चित क्षेत्रमा यसको जोखिम बढी रहेको बताएका छन् । यस्तोमा सरकारी निकायहरुलाई यसका जोखिमबारे राम्रो पहिचान गर्न मद्दत गर्नका लागि सो घोषणा गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
स्वास्थ्य सचिव फ्रान्सिस्को डोकले आफ्नो बयानमा भनेका छन्, “महामारी घोषित गर्नुले निश्चित क्षेत्रको पत्ता लगाइ त्यही अनुसार स्थानीयहरुले प्रतिक्रिया जनाउन आवश्यक छ । ”
देशका १७ मध्ये सात क्षेत्रमा महामारी घोषणा गरिएको छ जहाँ ४ करोड बढी मानिस अर्थात देशभरका ४० प्रतिशत जनसङ्ख्या बसोबास गर्छन् । पत्रकार सम्मेलनमा मन्त्रीले प्रति हप्ता ५ हजार भन्दा धेरै डेंगुका घटना भइरहेको बताएका हुन् । गत जुलाइदेखि नै स्वास्थ्य अधिकारीहरुले यस भाइरल संक्रमण फैलनबाट रोक्न सयौँका सङ्ख्यामा डाक्टर र नर्सहरु संक्रमित क्षेत्रमा तैनाथ गराइसकेका छन् र आपत्कालिन कोष पनि प्रदान गराइरहेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ
फ्रेन्च कम्पनी सानोफी पेटिओरले २०१६ मा डेंगु नियन्त्रणको पहिलो सुइ, ‘डेङभ्याक्सिया’ निर्माण गरेको थियो जसलाई प्रयोजनका लागि स्वीकृत गर्ने फिलिपिन्स पहिलो एसियाली राष्ट्र बनेको थियो । यसबीच सरकारी खोप कार्यक्रम अन्र्तगत सो औषधि आठ लाख विद्यार्थीहरुमा वितरण गरिएको हो । तर सन् २०१७ मा गएर त्यसले गैर–संक्रमित बिरामीमा अनावश्यक प्रभाव पार्न सक्ने क्लिनिकल परीक्षणमा पत्ता लागेपछि यसको प्रयोमा रोक लगाइएको हो । सरकारले अझै यसका असर सम्बन्धी अनुसन्धान गरिरहेको बताएको छ । यसरी डेंगु महामारीका घटना फिलिपिन्समा हरेक तीनदेखि चार वर्षमा दोहोरिरहने गरेका छन् तर २०१६ यता यसले ठूलो रुप लिँदै गइरहेको पाइएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ
गत हप्ता बांग्लादेशमा पनि २४ घण्टामै एकहजार जना मानिसमा डेंगु भेटिएको थियो जसपछि अहिले अस्पतालहरु बिरामीले भरिभराउ भएका छन् । ती एकहजार जनामा अधिकांश बालबालिका रहेको बताइएको छ । जनवरीदेखि हालसम्म यसका कारण आठजनाको मृत्यु भइसकेको छ भने १३,६०० भन्दा बढी संक्रमित छन् । जुलाई महिनामा मात्र आठहजार बढी डेंगुका घटना रेर्कड गरिएको हो । सरकारले यसलाई हालसम्मकै भयानक महामारी बताएको छ । सीएनएनबाट
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ