• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राजधानीमा निषेधाज्ञा, राजमार्गमा खाना–पानी नभएर बिचल्ली

  • वीरगंज संजाल
  • ५ भाद्र २०७७, शुक्रबार ०८:३०
  • ३४२१

    वीरगंज । कोरोना संक्रमण नियन्त्रणका लागि राजधानीमा निषेधाज्ञा लागू भएसँगै काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरिएको छ ।अत्यावश्यक बाहेकका सवारीसाधन रोकिएपछि उपत्यका प्रवेश गर्ने पश्चिमी नाका नागढुंगामा सयौं मालबाहक सवारीसाधन रोकिएका छन् ।

    राजमार्गमै अलपत्र परेका चालकहरूको खाना र पानी पनि नपाएर बिचल्ली भएको छ ।बुधबार राति १२ बजेपछि निषेधाज्ञा सुरु भएसँगै खाद्यान्न, तरकारी, औषधि, इन्धनलगायत अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई मात्र उपत्यका प्रवेश गर्न दिइएको छ । यीबाहेक अन्य सामग्री बोकेर आएका मालबाहक सवारीसाधनलाई नागढुंगाबाटै फर्काउन थालिएको छ ।

    नागढुंगाबाट फर्काइएका मालबाहक सवारीसाधनका चालक राजमार्गमै अलपत्र परेका छन् । पृथ्वी राजमार्गको नौबिसेनजिकै सडक किनारमा ट्रकभित्रै खाना पकाइरहेका उत्तम उप्रेतीले सरकारले अलपत्र पारेको गुनासो गरे । रौतहटबाट सोलारको ब्याट्री लिएर आएका उनी बिहीबार बिहान साढे ३ बजे नागढुंगा पुगेका थिए । ‘बिहान साढे ३ बजे नै पुगेका हौँ, तर छिर्न दिएन, फर्काइ दियो,’ उनले भने ।

    हेटौंडाबाट सिमेन्ट लिएर आएका राजिन तामाङले पनि उपत्यका प्रवेश नपाएको गुनासो गरे । रातभर ट्रकमै बिताएका तामाङले बिहीबार दिनभर खाना खान पनि नपाएको बताए । ‘काठमाडौं छिर्न दिएनन् । यता सबै पसल बन्द छन् । बिहानदेखि खाना खान पाइएको छैन,’ उनले भने ।

    राजमार्ग किनारमा लस्करै ट्रक रोकेर बसिरहेका चालकहरू उपत्यका प्रवेश गर्न पाउने प्रतीक्षामा छन् । राजमार्गका पसल पनि बन्द भएकाले उनीहरूले खानेकुरा पाएका छैनन् । ‘अब १० गतेपछि मात्र काठमाडौं छिर्न दिने भनेका छन् । त्यतिन्जेल त खान नपाएरै मर्छौँ,’ तामाङले भने, ‘एक ठाउँको सरकारी कर्मचारीले जाऊ भन्छ, अर्को ठाउँको सरकारी कर्मचारी रोक्छ । हामी मजदुरले दुःख पाउँछौँ ।’

    सरकारी निकायले दिएको पास देखाउँदा पनि उपत्यका प्रवेश नपाएको प्रकाश श्रेष्ठले गुनासो गरे । उनी वीरगन्जको सुक्खा बन्दरगाहबाट कम्प्युटर र त्यसका सामग्री लिएर आएका हुन् ।

    ‘वीरगन्जको भन्सारले पास दिएर हामीलाई पठाएको हो, तर यहाँ आएर रोक्यो,’ श्रेष्ठले थपे, ‘हामीलाई पनि कोरोनाको जोखिम छ, तर रहरले त हामी पनि काममा आएका होइनौं । परिवार पाल्नुपर्छ । यसरी बाटोमा अलपत्र पार्‍यो भने त बर्बाद हुन्छ ।’

    संक्रमणको जोखिम मोलेर सडक किनारमै बसिरहेका डिल्लीराज गिरीले यतै कोरोना सर्ने हो कि भन्ने डर लागेको बताए । नवलपरासीबाट सिमेन्ट बोकेर आएका उनले काठमाडौं प्रवेश गर्न पाएनन् । ‘यही रोडमै कोरोना लाग्ला जस्तो भइसक्यो,’ गिरीले भने, ‘खाना, पानी केही छैन । एक अर्कासँग माग्नुपरेको छ । यसरी नै कोरोना सर्छ कि भन्ने डर लागेको छ ।’ नयाँ पत्रिका दैनिकबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुन्दर छालाका लागि पिउनुहोस् चिया
  • आजको राशिफल
  • डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर
  • बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

    त्रिशूली नदीमा दुई बालिका बेपत्ता

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    News

    आजको राशिफल

    News

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    News

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    News

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑