बारा | बारा जिल्लामा संक्रमितहरूकाे संख्या ४ सय ८२ पुगेकाे छ ।बुधबार ९ जना महिला र ३० जना पुरूष गरि ३९ जनामा संक्रमण पुष्टिभएसँगै संक्रमितहरूकाे संख्या ४ सय ८२ पुगेकाे हाे ।
संक्रमण पुष्टिमा भएकाहरू मध्येबाट १८ जना सम्पर्कमा आउन नसकेकाे जिल्ला प्रशासन कार्यालय बाराले जनाएकाे छ ।हालसम्म काेराेना संक्रमणबाट बारामा ७ जनाले ज्यान गुमाएका छन् ।
यस्तै संक्रमणमुक्त हुनेहरूकाे संख्या २ सय २५ पुगेकाे जनाइएकाे छ । १९७ जना पुरूष, २८ जना महिला गरि उपचार पछि २ सय २५ जना घर फर्किएका हुन् ।
यसैबिच आइसाेलेसनमा १ सय ६ जनाकाे उपचार भइरहेकाे छ । हाेम आइसाेलेसनमा रहेकाहरूकाे संख्या १२६ पुगेकाे जिल्ला प्रशासन कार्यालय बाराले जनाएकाे हाे ।