• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / देश

    बाराक ओबामा ट्रम्पमाथि अहिलेसम्मकै आक्रामक रुपमा प्रस्तुत हुँदै

  • वीरगंज संजाल
  • ४ भाद्र २०७७, बिहीबार १०:१७
  • २६९३

    अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अति आक्रमक रुपमा प्रस्तुत हुने भएका छन् ।

    अमेरिकी सञ्चारमाध्यमका अनुसार पूर्व राष्ट्रपति ओबामाले डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ट्रम्पमाथि निशाना बनाउने छन् ।

    आबोमाले अति आक्रमक रुपमा गर्ने सम्बोधनमा राष्ट्रपति ट्रम्पले राष्ट्रपति पदलाई र त्यसको जिम्मेवारीलाई ‘एक अर्को रियालिटी शो’ का रुपमा लिएको आरोप लगाउने छन् ।

    पूर्व राष्ट्रपति ओबामाले आफ्ना उत्तराधिकारी रिपब्लिकन राष्ट्रपति ट्रम्प ‘ह्वाइट हाउसको जिम्मेवारी सम्हाल्ने गरी परिपक्कन भएको र त्यसको कारण ट्रम्प परिपक्क हुन नसक्नु नै रहेको’ बताउने शीर्ष डेमोक्र्याटलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

    ओबामाले आफूमाथि गर्ने टिप्पणी थाहा पाएका ट्रम्पले ह्वाइट हाउसबाट जवाफ पनि फर्काएका छन् । अमेरिकीहरुमा ओबामाले ‘सन्त्रास’ का कारण आफू निर्वाचित भएको ट्रम्पले बताएका छन् ।

    डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनको तेस्रो रात कमला ह्यारिसले उपराष्ट्रपति उम्मेदवारको टिकट औपचारिक रुपमा स्वीकार गर्ने छिन् । जो बाइडेनले ह्यारिसलाई आफ्नो रनिङ्गमेटका रुपमा चयन गरेका हुन् ।

    बाइडेन–ह्यारिसले आउँदो नोभेम्बर ३ मा हुने चुनावमा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको सामना गर्ने छ्न ।

    ओबामाले स्थानीय समय अनुसार बुधबार राति (नेपाली समय अनुसार बिहीबार बिहान) फिलाडेलफियामा रहेको म्युजियम अफ अमेरिकन रिभोलुशनबाट सम्बोधन गर्दै छन् । सम्बोधनको क्रममा ओबामाले ट्रम्पमाथि अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण गर्ने जनाइएको छ ।

    उनको सम्बोधन अघि जारी गरिएको सम्बोधनको अंश अनुसार ओबामाले भन्ने छन्, ‘डोनाल्ड ट्रम्पले काममा कुनै चासो देखाएका छैनन् । उनमा साझा स्वार्थ वा साझा भूमि फेला पार्ने प्रयास देखिँदैन ।’

    ओबामाले भन्ने छन्, ‘ह्वाइट हाउसको शक्तिशाली शक्ति उनले आफू र आफ्ना साथीलाई सहयोग गर्न बाहेक अरु कसैको सहयोगमा प्रयोग गरेका छैनन् ।’

    ओबामाले भन्ने छन्, ‘ट्रम्पमा राष्ट्रपतीय जिम्मेवारीलाई एउटा अर्को रियालिटी शो भन्दा फरक रुपमा व्यवहार गर्ने कुनै चासो देखिँदैन ।’

    ट्रम्पका कारण अमेरिकाको प्रजातान्त्रिक संस्थामाथि इतिहासमै सबैभन्दा ठूलो चुनौति आइपरेको ओबामाले बताउने छन् ।

    ट्रम्पमाथि आक्रमक रुपमा प्रस्तुत भएपछि ओबामाले जो बाइडेनका बारेमा बोल्ने छन् र उनलाई आउँदो चुनावमा मतदानका लागि अपिल गर्ने छन् ।

    अमेरिकी इतिहासमा पूर्व राष्ट्रपतिहरु आफ्ना उत्तराधिकारीका सम्बन्धमा प्रायः चुप रहन्छन् । ओबामा पनि लामो समय चुप रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी
  • प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि
  • युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए
  • राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

    पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

    महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

    नेपालको भूमिकाले भारत-पाकिस्तान युद्ध अन्त्य भएको प्रधानमन्त्रीको दाबी

    सुन चाँदी दुबैको घटयो मुल्य

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    News

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    News

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    News

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    News

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑