• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोनाकालमा अनियमितता : क्वारेन्टीन बस्ने एक जना बराबर २२ हजार खर्च !

  • वीरगंज संजाल
  • ४ भाद्र २०७७, बिहीबार ०८:४८
  • ८५०१

    बीरगन्ज। २ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत धनुषाको नगराइन नगरपालिकाको गंगुलीमा गत चैत १४ गतेदेखि जेठ २० गतेसम्म क्वारेन्टीन सञ्चालन गर्‍यो ।

    क्वारेन्टीनमा किराना सामग्रीदेखि बिजुली, स्टेसनरी तथा रासन, भाँडाकुँडा, कपडा लगायत सामानहरू चर्काे मूल्यमा खरिद गरी अनियमितता गरेको पाइएको छ ।

    जनकपुरधामको क्याम्पस चोकस्थित श्रीराम जनरल स्टोर्सका सञ्चालक गंगाप्रसाद यादवले रहरको दाल १६० रुपैयाँ प्रतिकिलो बिक्री गर्छन् । तर क्वारेन्टीनमा रहरको दाल प्रतिकिलो २५० रुपैयाँको दरले खरिद गरिएको छ ।

    जस्तोसुकै सर्फ (लुगा धुने पाउडर) को अधिकतम मूल्य ७५ रुपैयाँ प्रतिकिलो पर्ने उनी बताउँछन् । तर प्रदेश सरकारको क्वारेन्टीनमा ३४० रुपैयाँ प्रतिकिलोका दरले सर्फ खरिद गरिएको छ । बजारमा खुल्ला च्युराको मूल्य ६० रुपैयाँ प्रतिकिलो छ । हुलास कम्पनीको प्याकेटकै च्युरा ९० रुपैयाँ प्रतिकिलो बिक्री गर्ने गरेको यादव बताउँछन् । तर सरकारले च्युरा १५० रुपैयाँ प्रतिकिलोका दरले खरिद गरेको छ ।

    बजारमा फुरनदानाको प्याकेट १२५ देखि १४० रुपैयाँसम्म बिक्री हुने गरेको भए पनि सरकारले २०० रुपैयाँ प्रतिप्याकेटको दरले खरिद गरेको छ । बजारमा पास्ता १३० रुपैयाँ प्रतिकिलो बिक्री हुने गरेको भए पनि सरकारले २०० रुपैयाँ प्रतिकिलोको दरले भुक्तानी गरेको छ । ९०० देखि १ हजार रुपैयाँ प्रतिकिलोमा पाइने ल्वाङ १ हजार ८०० रुपैयाँ प्रतिकिलो खरिद गरिएको छ ।

    बजारमा ५० रुपैयाँमा पाइने नारिवलको कुचोलाई १२० रुपैयाँ प्रतिथान, १०० रुपैयाँमा पाइने फूलकुचोलाई १८० रुपैयाँ, १० रुपैयाँमा पाइने प्लास्टिकको बोरालाई ३५ रुपैयाँ भुक्तानी गरिएको छ । ११५ रुपैयाँमा पाइने पानीको कार्टुनलाई १५० रुपैयाँ, ५२५ रुपैयाँमा पाइने वाईवाई चाउचाउको प्याकेटलाई ८५० रुपैयाँ भुक्तानी गरिएको छ । यादवका अनुसार धुलो दूध कम्पनी अनुसार ३००–४१९ रुपैयाँ प्रतिकिलो प्याकेट बिक्री हुने गरेको छ । तर सरकारले ८४० रुपैयाँ प्रतिकिलो धुलो दूध किनेको छ । ११५ वटा बिस्कुट सहितको एउटा प्याकेट रहेको सबैभन्दा महंगो गूडडे प्रतिप्याकेट १ हजार २०० रुपैयाँ बिक्री हुने गरेको भए पनि सरकारले १ हजार ४४० रुपैयाँमा किनेको छ । त्यो पनि कुन कम्पनीको बिस्कुट किनेको हो प्रस्ट छैन ।

    https://birgunjsanjal.com/wp-content/uploads/2020/08/video-1597892245.mp4

    एउटा विद्युतीय मल्टीप्लगको मूल्य बढीभन्दा बढी ३०० रुपैयाँ रहेको वीरेन्द्र इलेक्ट्रिक जनकपुरका सञ्चालक वीरेन्द्र साह बताउँछन् । तर सरकारले भने एउटा मल्टीप्लग १ हजार २५० रुपैयाँको दरले खरिद गरेको छ । प्रायःजसो घरमा प्रयोग हुने १ एमएमको तारको क्वाइलको मूल्य ९०० रुपैयाँ र सबैभन्दा महंगो एफआरएलएक्सको १ हजार ४२० रुपैयाँ पर्छ तर सरकारले प्रतिक्वाइल तार १ हजार ५८० रुपैयाँमा खरिद गरेको छ । २०–३० रुपैयाँसम्ममा पाइने होल्डर ५० रुपैयाँमा, ३० रुपैयाँमा आउने प्रतिस्विच ५० रुपैयाँमा, २० रुपैयाँमा आउने दुई पिन भएको प्लग ५० रुपैयाँमा, २० रुपैयाँमा आउने कालो टेप ३० रुपैयाँमा, ८० रुपैयाँमा आउने तार क्लिपको प्याकेट २५० रुपैयाँमा सरकारले किनेको छ । ४ हजार ५०० रुपैयाँमा आउने हेलोजीन लाइट ८ हजार रुपैयाँ र ८०० रुपैयाँमा आउने भेपर लाइट ३ हजार ५०० रुपैयाँको दरले सरकारले खरिद गरेको छ ।

    जनकपुर अर्डर सप्लायर्सका सञ्चालक मोहम्मद आलमले चाइनिज काँटी प्रतिकिलो २६० रुपैयाँमा बिक्री गर्छन् तर सरकारले भने ५०० रुपैयाँको दरले किनेका छन् । प्लास्टिकको डोरी ३५० रुपैयाँ प्रतिकिलो बिक्री हुने गरेकोमा सरकारले ४०० रुपैयाँमा, २२० रुपैयाँमा पाइने चापाकलको प्लञ्जर ५०० रुपैयाँमा, १०० रुपैयाँमा पाइने जिबिया १५० रुपैयाँमा, १०६ रुपैयाँमा पाइने फिमेल एल्बो ४०० रुपैयाँमा किनेको छ । ३६० रुपैयाँमा पाइने बेल्चा ४५० रुपैयाँमा, १७२ रुपैयाँमा पाइने ट्यांकी ८५० रुपैयाँमा, ६५० रुपैयाँमा पाइने चेक भल्भ ८५० रुपैयाँमा, ११० रुपैयाँ प्रतिकिलो पाइने सामान्य काँटीलाई १५० रुपैयाँ, २० रुपैयाँमा पाइने आरी पत्तिलाई ३० रुपैयाँ, २२० रुपैयाँमा आउने आरी फ्रेमलाई ३५० रुपैयाँ, १२० रुपैयाँमा आउने प्लास्टिक धारालाई २५० रुपैयाँ भुक्तानी गरिएको छ ।

    आलमका अनुसार चाइनिज मोटर पम्पको मूल्य ५ हजार रुपैयाँ र इन्डियन कम्पनीको ८ हजार रुपैयाँ पर्छ । धनुषामा प्रायःजसो व्यक्तिले चाइनिज कम्पनीको मोटर नै लगाउने गर्छन् । तर सरकारले भने एउटा मोटर पम्पको १५ हजार रुपैयाँ भुक्तानी गरेको छ । अर्को इन्डियन मोटरको १२ हजार रुपैयाँ समेत भुक्तानी गरिएको छ ।

    जनकपुरको महावीर चोकमा सञ्चालित एमपी इन्टरप्राइजेजका सञ्चालक मोहम्मद अल्लाउद्दीनका अनुसार उनको पसलमा स्टीलको गिलास १०० रुपैयाँमा बिक्री हुन्छ । तर सरकारले १५० रुपैयाँमा स्टीलको गिलास किनेको छ । २०० रुपैयाँमा पाइने स्टीलको थालीलाई ३०० रुपैयाँ, ५० रुपैयाँमा पाइने स्टीलको कचौरालाई १५० रुपैयाँ, ३० रुपैयाँमा पाइने स्टीलको चम्चालाई ५० रुपैयाँ भुक्तानी गरिएको छ । आल्मुनियमको ठूलो बाल्टीनको मूल्य ५०० रुपैयाँ पर्छ । तर सरकारले ६५० रुपैयाँ भुक्तानी गरेको छ ।

    १०० रुपैयाँमा आउने स्टीलको डाडु (करछुल) लाई २५० रुपैयाँ, ५०० रुपैयाँमा पाइने छोलनीलाई ८०० रुपैयाँ, ५ हजारमा फलामको ठूलो साइजको आउने कराहीलाई ७ हजार रुपैयाँ भुक्तानी गरिएको छ । ३ हजार ७५० रुपैयाँमा आउने १४ लिटरको प्रेसर कूकरलाई ५ हजार ५०० रुपैयाँ, ३ हजार २५० रुपैयाँमा आउने १० लिटरको प्रेसर कुकरलाई ४ हजार ५०० रुपैयाँ, ४ हजार रुपैयाँमा पाइने ग्यासको चूल्होलाई ७ हजार रुपैयाँ, ३ हजार ५०० देखि ४ हजार रुपैयाँसम्म पाइने मसाला मिक्चरलाई ६ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।

    जनकपुरमा साह केबुलका सञ्चालक वैद्यनाथ साहका अनुसार एउटा टेलिभिजन सेटअप बक्सको मूल्य २ हजार ४०० रुपैयाँ पर्छ । तर सरकारले भने एउटा सेटअप बक्सको ८ हजार रुपैयाँ भुक्तानी गरेको छ । टेलिभिजन, फ्रिज, रंगरोगन, पेन्ट, कपडा लत्तासहित विभिन्न स्टेसनरीका आइटम, फलफूल, हरियो तरकारीमा समेत बजारको मूल्यभन्दा धेरै बढी सरकारले भुक्तानी गरेको छ ।

    प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरिएका सामानको चर्काे दरमा भुक्तानी गरेको छ । माँ गायत्री सप्लायर्सका सञ्चालक उपेन्द्र  साहले आफ्नो फर्म तथा खरिद गरिएका अन्य फर्मको समेत पेश गरेको बिलको आधारमा ती भुक्तानी गरिएको केन्द्रका सूचना अधिकारी श्रवण नायकले बताए । प्रतिस्पर्धा नै नगराएर उपेन्द्र साहमार्फत मात्र सामान केन्द्रले खरिद गरेको छ । केन्द्रका २ जना कर्मचारीलाई १५/१५ लाख रुपैयाँ पेस्की दिएर रकम खर्च गरिएको थियो ।

    २०७६ चैत्र ११ गते सामाजिक विकास मन्त्री नबल किशोर साह सुडीको अध्यक्षतामा बसेको बैठकले नगराइन नगरपालिकाको गंगुलीस्थित मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रमा क्वारेन्टीन सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट नै चैत्र १२ गते मन्त्री सुडीको अध्यक्षतामा बसेको बैठकले क्वारेन्टीनको खाद्यान्न तथा अन्य व्यवस्थापनका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई जिम्मेवारी तोकेको थियो । चैत्र २८ गते कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषको सञ्चालन समितिको निर्णय अनुसार क्वारेन्टीन व्यवस्थापनका लागि ५० लाख रुपैयाँको चेक केन्द्रलाई प्राप्त भएको थियो ।

    रकम आउनुअघि क्वारेन्टीन सञ्चालन तथा व्यवस्थापन गर्न केन्द्रले धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित नेपाली सेनाको श्रीशेरनाथ गणलाई जिम्मा दिएको थियो । नायकका अनुसार वैशाख १ देखि ३१ गतेसम्मको रासन व्यवस्थापन गर्न ३ लाख ३ हजार ६९८ रुपैयाँ गणको खातामा केन्द्रले जम्मा गरेको थियो ।

    केन्द्रका कर्मचारी लालबाबु ठाकुरलाई विभिन्न मितिमा गरेर ५/५ लाख रुपैयाँको दरले कूल १५ लाख रुपैयाँ पेस्की दिइएको थियो । अर्का कर्मचारी अशोक यादवलाई समेत १५ लाख रुपैयाँ पेस्की दिइएको थियो । ती दुवै कर्मचारीले पेस्की रकमबाट नै आपूर्तिकर्ता उपेन्द्र साहलाई बिलको भुक्तानी गरेका छन् । शिव बाबा सप्लायर्स, तारापट्टी सिरसिया, न्यू जनकपुर जेनेरल ओर्डर सप्लायर्स, न्यू मेलिसा कम्प्युटर जनकपुरधाम, इसान ट्रेडर्स जनकपुरधाम, करुणाकर इन्टरप्राइजेज जनकपुरधाम, अजय किराना स्टोर्स भ्रमरपुरा, न्यू सूर्या इलेक्ट्रिक सप्लायर्स जनकपुर, महाराणी वस्त्रालय जनकपुरधाम, सिर्जना स्टेसनरी जनकपुरधाम सहितको बिल अनुसार भुक्तानी गरिएको छ ।

    ‘क्वारेन्टीन सञ्चालन तथा व्यवस्थापनका लागि क्वारेन्टीनबाट माग हुने गरेको सामानको आपूर्तिका लागि हामीले माँ गायत्री सप्लायर्सका उपेन्द्र साहलाई अर्डर दिने गर्थ्यौं,’ पेस्की लिएका कर्मचारी लालबाबु ठाकुरले भने, ‘उहाँले अन्य फर्म तथा आपूर्तिकर्ताबाट सामानहरू किनेर आपूर्ति गर्ने तथा पेश गर्ने बिल हामी आफ्नो कार्यालयमा बुझाउने गर्थ्यौं ।’ सोही अनुसार ती बिलको भुक्तानी भएको थियो । आपूर्तिकर्ता साह राजपा नेपालका कार्यकर्ता हुनुका साथै सामाजिक विकास मन्त्री सुडीका छोरा सुमित साहको निकटका व्यक्ति भएका कारण उनीमार्फत नै सामान आपूर्ति गरिएको केन्द्रका एक जना कर्मचारीले बताए ।

    तत्काल क्वारेन्टीन सञ्चालन गर्ने निर्णय भए अनुसार विशेष परिस्थितिमा कार्यालय प्रमुखको कार्यादेश अनुसार सिधै ती आपूर्तिकर्तासँग सामान खरिद गर्ने निर्णय भए अनुसार नै बिलको भुक्तानी गरिएको केन्द्रका सूचना अधिकारी नायकले बताए । उनका अनुसार क्वारेन्टीन सञ्चालन गर्न ५० लाख रुपैयाँभन्दा बढी खर्च भएको छ । २ जना कर्मचारीले लिएको ३० लाख रुपैयाँ पेस्कीबाहेक पनि खाद्यान्नमा थप ५ लाख १३ हजार ९७ रुपैयाँ, नेपाली सेनालाई ३ लाख ३६ हजार ९८ रुपैयाँ, क्वारेन्टीनका संयोजक सन्तोषकुमार ठाकुरले खर्च गरेको २ लाख ७० हजार ४८५ रुपैयाँ समेत भुक्तानी गरिएको छ । केही थप रकम पनि खर्च भएको उनले बताए ।

    क्वारेन्टीन संयोजक ठाकुरका अनुसार क्वारेन्टीनमा कूल २२८ जना व्यक्ति बसेका थिए । क्वारेन्टीनमा बसेका २२८ जनाका लागि ५० लाख रुपैयाँ खर्च गर्दा एक जना बराबरको खर्च झण्डै २२ हजार अर्थात् २१ हजार ९२९ हुन आउँछ । कम्तिमा पनि १४ दिन १ जना मानिस क्वारेन्टीनमा बसेका उनले बताए । कति सामान आए, कति रुपैयाँको आयो त्यो विषयमा आफूलाई कुनै पनि जानकारी नरहेको उनले बताए । नेपाली सेनाले माग गरेबमोजिम आपूर्तिकर्ता उपेन्द्र साहले आपूर्ति गर्ने गरेको तथा ती सामानको अभिलेख पनि नेपाली सेनाले नै राखेको हुनसक्ने उनले बताए ।

    हेर्नुहोस्, सम्बन्धित कागजात :

    lokantar

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • सुन्दर छालाका लागि पिउनुहोस् चिया
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    News

    आजको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑