वीरगंज | राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको नतिजा भर्खरै प्रकाशित भएको छ । बोर्डको बैठकले केहीबेर अघि बिद्यार्थीको परीक्षाफल प्रमाणित गरेको हो ।
बोर्डका एक सदस्यका अनुसार बैठक जारी भएकोले भर्खरै परीक्षाफल प्रकाशित भएको जानकारी दिए ।
परीक्षा नियन्त्रण कार्यालय (एसईई)ले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो ।
सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको हो ।परीक्षााफल प्रकाशित भएपनि १५ गतेसम्म भर्ना गर्न पाइने छैन ।
सरकारको निर्नेशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय इकाइले कारबाही गर्नेछ ।त्यस्तै त्रुटी सच्याउन व्द्यिार्थीलाई पनिका आउनुपर्ने व्यवस्था हटाइएको ।
विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि इकाइलेनै त्रुटी सच्याएर विद्यालयमा पु¥याउने व्यवस्था गरेको छ ।
नतिजा नेपाल टेलिकमका ग्राहकले १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार जानकारी लिन सक्नेछन् ।
टेलिकम तथा एनसेलको मोबाइल प्रयोगकर्ताले १६०० मा म्यासेज गरेर पनि नतिजाबारे जानकारी लिन सक्नेछन् । परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट http://see.gov.np बाट पनि नतिजा हेर्न सकिनेछ ।
नेपाल टेलिकमको वेबसाइट http://see.ntc.net.np/ र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np/results बाट पनि नतिजा हेर्न सकिनेछ ।
विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि ३५००१ मा एसएमएस गरेर एसईईको उक्त नतिजा हेर्न सकिनेछ ।