वीरगंज | पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ। | शनिबार बीरगन्जमा काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ ।मृत्यु हुनेमा बीरगन्ज वडा नं २० हरपतगंजका ४७ वर्षीय पुरुष रहेका छन् ।
स्वास्थ्यमा समस्या महशुस भएपछि उनलाइ नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याएको केही बेरमा उनको मृत्यु भएको थियोे।
उनकाे शव नारायणी अस्पतालको आकस्मिक कक्षमा राखिएको छ।उनलाई अचानक श्वासप्रश्वासमा समस्या देखिएको थियो भने नाक र मुखबाट रगत निस्किन थालेपछि परिवारजनले अस्पताल लगेका थिए।
मृत्युुपछि नारायणी अस्पतालमा परीक्षण गरिएको स्वाबको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको छ।