• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    मेयर सरावगीद्वारा बाल हेल्पलाइनको उद्घाटन

  • वीरगंज संजाल
  • Sep 16, 2019, 6:16 am
  • ४६४५

     वीरगंज | वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले बाल दिवसको अवसरमा वीरगंज महानगरको सहकार्यमा आवर संसार नेपालले सञ्चालनमा ल्याएको बाल हेल्पलाइन वीरगंजको उद्घाटन गरेका छन् ।वीरगंज–३ छपकैयामा आजदेखि सञ्चालनमा आएको बाल हेल्पलाइन वीरगंजको उद्घाटन गर्दे मेयर सरावगीले सडक र श्रमिक बालबालिकाहरूको उद्धार गरी उनीहरूलाई पुनस्र्थापित गराउने काममा बाल हेल्पलाइनले काम गर्ने बताए । उनले वीरगंजमा सडक बालबालिका र श्रमिक बालबालिकाको अवस्था दयनीय भएको बताए । उनले लामो समयपछिको प्रयासमा वीरगंजमा बाल हेल्पलाइन सञ्चालनमा ल्याइएको बताए ।

    उनले मनपाले पहिलो बैठकबाट घोषणा गरे अनुसार बाल हेल्पलाइन सञ्चालन हुन सकेकोमा खुशी व्यक्त गरे । वीरगंज–३१ बेलवा बालमैत्री वडा घोषित भइसकेको र वडा नं. २३ र २८ लाई पनि बालमैत्री वडा घोषणा गर्ने कार्य भइरहेको जानकारी गराए । उनले सङ्घ सरकार र प्रदेश सरकारको अदूरदर्शिताको कारण स्थानीय सरकारले काम गर्न नसकेको दुःखेसो गरे । वीरगंजमा जिल्ला बाल कल्याण समिति केन्द्रीय सरकारमार्पmत सञ्चालित भएको र त्यहाँ पर्याप्त जग्गा, घर र नगद समेत हुँदा सडक बालबालिका र श्रमिक बालबालिकाहरूको हितमा काम गर्न नसकेको गुनासो गरे । उनले महानगरपालिकाले बालबालिकाहरूको पक्षमा बजेटको चालीस प्रतिशत रकम विनियोजित गर्ने बताउँदै यस वर्ष रु ५ करोड विनियोजन भएको जानकारी गराएका थिए ।

    उद्घाटन समारोहमा पोखरिया नपाकी उपमेयर सलमा खातुनले बाल हेल्पलाइन स्थापनाले जिल्लाकै स्थानीय पालिका लाभान्वित हुने बताइन् । वीरगंज महानगरबाहेक पर्सा जिल्लाको स्थानीय पालिका र छिमेकी भारतीय बालबालिकालाई पनि लाभ पुग्ने उनले बताइन् । वीरगंज मनपामा सडक र श्रमिक बालबालिकामा भारतीयहरूको सङ्ख्या पर्याप्त रहेको भन्दै उनीहरूलाई उद्धार गरी घर परिवारको जिम्मा लगाउन सकिने बताइन् ।

    नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जाराले जिल्ला बाल कल्याण समितिमा बालबालिकाको नाममा सङ्कलित रु १ करोड ४८ लाख जगेडा हुनु, उनीहरूको नाममा निर्मित भवन व्यवसायीकरण गरेर होटल, रेस्टुरा सञ्चालन गर्नु, बालबालिका बस्ने ठाउँमा बाल सुधार गृह खोल्नु अनि मनपाले वडा कार्यालयमा सञ्चालन गर्न सकिने बाल हेल्पलाइन भाडा लिएर सञ्चालन गर्नु दुःखद रहेको बताए ।
    बाल हेल्पलाइनका संयोजक मुकेश साहले आजदेखि सञ्चालनमा आएको बाल हेल्पलाइनमा तत्काल १३ जना बालक र ७ जना बालिकालाई उद्धार गरी राख्न सकिने व्यवस्था गरिएको जानकारी गराए । उनले सडक र श्रमिक बालबालिकाको उद्धार गरी बाल हेल्पलाइनमा राखिने र उनीहरूको परिवारलाई जिम्मा लगाउने कार्यमा सक्रियता देखाउने बताए ।

    साहले आवर संसारले परवानीपुरमा सडक र श्रमिक बालबालिकाहरूलाई लक्षित गरेर पुनस्र्थापना केन्द्र सञ्चालन गरेको र त्यहाँ हाल १६ जना बालबालिका रहेको बताए ।उपमेयर शान्ति कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य महाशाखाका प्रमुख अरुण महतो, वडाध्यक्ष बैजुलाल स्वर्णकार, प्रनाउ गौतम थापाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा आवर संसार नेपालका बेबी मिश्राले स्वागत र सामाजिक महाशाखाका मुकेश गुप्ताले सहजीकरण गरेका थिए ।pratikdaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ
  • नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति
  • सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
  • टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    News

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    News

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    News

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    News

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑