वीरगञ्ज । उपचारको क्रममा बिहविार बिहान नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा मृत्यु भएका ५७ वर्षिय वीरगञ्जका व्यवसायीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।मधुमेह र मुटुरोगको समस्या रहेसँगै उनमा श्वासप्रश्वासमा समस्या देखिएपछि श्रावन २० गते मङ्गलबारका दिन साँझ उनलाई कोभिड अस्पताल मा भर्ना गरिएको थियो ।
बुधबार उनको अवस्था गम्भीर बनेपछि आइसीयुमा भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो।बिहविार बिहान साढे पौने ९ बजेको उनको मृत्यु भएको अस्पतालका इन्चार्ज डा. उदय नारायण सिंहले बताए । उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको डा. सिंहले जानकारी दिए ।
योसँगै पर्सामा श्रावनयता मात्रै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ भने ५ सय ८२ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म पर्सा कोरोना सङ्क्रमणबाट १८ जनाको मृत्यु भएको छ जसमा २ जना बारा जिल्लाका, एक जना रौतहट जिल्लाका र एक भारतीय नागरिक रहेका छन् ।