• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना कारण मृत्यु भएकाहरुको शव ब्यवस्थापनमा स्थानीयको अवरोध

  • वीरगंज संजाल
  • १३ श्रावण २०७७, मंगलवार १४:४२
  • ३०३३

    वीरगञ्ज। कोरोना संक्रमणबाट वीरगञ्जमा मृत्यु भएका भारतीय व्यापारीको शव गएको मध्यराति गाडिएको छ । मृतक भारतीय नागरिक सहित पाँच जना संक्रमितको शव व्यवस्थापन छुट्टा छुट्टै तीन ठाउँमा गरिएको छ ।-स्थानीयको विरोधकै कारण कोरोना विशेष अस्पतालमा साउन ११ गते बिहान मृत्यु भएका भारतीय नागरिकको शव व्यवस्थापनमा समस्या भएको थियो ।

    १२ गते मध्यरातमा तिलावे खोलाको किनारमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले शवलाई खाल्डोमा गाडेको हो । शव व्यवस्थापनको जिम्मा नेपाली सेनाको भएपनि स्थानीयले अवरोध गरेपछि प्रहरीले पनि सहयोग गर्दै आएको छ ।स्थानीय प्रशासन र महानगरपालिकाले भनेको स्थानमा शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि राती तिलावेमा संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव गाडिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी मनोजित कुँवरले जानकारी दिनुभयो । १२ गते वीरगञ्ज–३१ बेल्वाको जंगलमा शव व्यवस्थापनका लागि गएको नेपाली सेनाको टोलीलाई स्थानीयले बाटैमा रोकेका थिए ।

    जेसिबी र ट्याक्टरसहित तोकिएको स्थानमा खाल्डो खन्न जान लागेको सेनाको टोलीलाई वीरगञ्ज–३२ टेढाका स्थानीयले बाटैमा रोकेका हुन् । गाउँको नजिक कोरोना संक्रमितको शव व्यवस्थापन गर्न नदिने अडान स्थानीयले राखेका थिए ।नेपाली सेनाको चण्डी प्रसाद गणका गणपति कर्णेल मदनजंग राणा उपयुक्त स्थानको छनौट नहुँदा शव व्यवस्थापनमा समस्या देखिएको बताउनुभयो । गाउँदेखि टाढा निकुञ्जको जंगलमा लगेर शव गाड्दा स्थानीयले आपत्ती जनाउन नहुने उहाँले बताउनुभयो ।

    दुई दिनअघि स्थानीयले विरोध गर्दा अब फेरि त्यस ठाउँमा शव व्यवस्थापन नगर्ने मौखिक सहमति भएको स्थानीय जनप्रतिनिधिले बताए । स्थानीयवासी, राजनीतिक दलका स्थानीय नेता र जनप्रतिनिधिसँग समन्वय गरेर मात्रै शव व्यवस्थापनको निर्णय लिनुपर्ने उहाँको सुझाव छ ।स्थानीय प्रशासनले भने स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर शव लैजाँदा समेत अवरोध भएको जनाएको छ । १० गते पनि स्थानीयले भित्री जंगलमा शव गाड्दा आपत्ती नहुने बताए पनि हिजो बाटैमा रोकेको सेनाको भनाइ छ । नेपाली सेनाको चण्डी प्रसाद गणका गणपति कर्णेल मदनजंग राणा उपयुक्त स्थानको छनौट नहुँदा शव व्यवस्थापनमा समस्या देखिएको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑