• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    आफ्ना कारण विमान ढिलाइ हुँदा पर्यटन मन्त्री भट्टराईले मागे माफी, आखिर भएकाे के हाे ?

  • वीरगंज संजाल
  • Sep 15, 2019, 9:13 am
  • ४०९९

    काठमाडाैँ | नेपालगञ्जबाट काठमाडौं आउन लागेको बुद्ध एयरको जहाज मन्त्रीका कारण ढिलाइ भएकाे भन्दै केही यात्रुले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि विमानभित्रै दुर्व्यवहार गरे । शनिबार साँज विमानभित्रै गालीगलौज र हातपात प्रयाससमेत भएपछि साे घटनाबारे मन्त्री भट्टराईले प्रतिक्रिया जनाएका छन् ।

    मन्त्री भट्टराईले आफ्ना कारण विमान ढिलाई भएर यात्रुहरुमा पर्न गएकाे असुविधाप्रति माफी मागेका छन् ।

    ‘आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ फर्कने मेरो योजना रहेको थियो,’ मन्त्री भट्टराईले आफ्नाे कमजाेरी स्वीकार्दै भनेका छन्, ‘कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमाडाैँ फर्कने क्रममा केही ढिला हुन गएको सत्य हो । सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो ।’

    आफू जसरी पनि काठमाडाैँ फर्कनुपर्ने दबावमा रहेकाे बताउँदै उनले नेपालगंज विमानस्थलमा आफ्ना विरुद्ध ३/ ४ जना ब्यक्तिहरु आक्रमक शैलीमा प्रस्तुत भएकाे बताएका छन् ।

    ‘एकजनाले पारसका विरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैँले हामीलाई कति दु:ख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने,’ उनले आफ्नाे फेसबुकमा लेखेका छन्, ‘त्यो सुनेपछि उनीहरुको नियत मैले बुझिहालेँ । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्त गर्दछु । मेरा कारणले यात्रुहरुमा पर्न गएको असुबिधाप्रति भने क्षमाप्राथी छु ।’

    के भएकाे थियाे ?

    मन्त्रीका कारण केही समय विमान ढिलाइ भएकाे भन्दै आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीसहितको समूहले मन्त्री भट्टराईलाई शनिबार साँझ बुद्ध एयरको जहाजमा चढेपछि गालीगलौज गरेका थिए । उनीहरुले विमानभित्रै मन्त्री भट्टराईमाथि हातपात प्रयास समेत गरे ।

    आफूहरुले गरेकाे साे दुर्व्यवहारप्रति गर्व व्यक्त गर्दै शाहीले लेखेका छन्, ‘मन्त्री योगेश भट्टराईले आज नेपालगन्ज एअरपोर्ट मा १ घन्टा प्लेन कुराएपछि हामी नागरिकले रामधुलाई गरियो, बिचरा मन्त्रीज्यु मुसो लुके जसरी लुक्नुभो । अब नागरिक सचेत भैसके, अरिङगालका दिन गन्ती सुरु ।’

    नेपालगन्ज शनिबार नै आयाेजित एक भ्रष्टाचार विरोधी कार्यक्रम सकेर शाही पनि साेही बुद्ध एयरकाे फ्लाइटबाट काठमाडौं फर्कन लागेका थिए । धनगढीकाे कार्यक्रम सकेर आएका मन्त्री भट्टराईलाई शाहीको टोलीले विमानभित्रै गालीगलाैज गर्नुका साथै थर्काएको भिडियोहरु शाहीकै फेसबुकबाट बाहिर आएकाे छ ।

    साे भिडियाे सुन्न सकिन्छ- ‘तपाईले हाम्रो प्लेन किन रोकेको ? एक घण्टासम्म प्लेन रोक्ने ? तपाई कहाँ हुनुहुन्थ्यो ? मोजमस्तीमा हुनुहुन्थ्यो कि केमा हुनुहुन्थ्यो ? ख्याल राख्नुपर्दैन टाइमको ?’ यसरी हप्काइदप्काइ गर्दा समेत मन्त्री मुसुमुसु हाँसेकाे देखिन्छ । तर उनकाे अनुहारमा लज्जा वा अपमानबाेध प्रस्ट झल्किन्छ । उनी केही बाेल्दैनन् । तर उत्तेजित समूह झन चर्का कुरा गर्छ र भन्छ- ‘संस्कृति मन्त्री भएर संस्कारै छैन । हामीले जवाफ माग्यौं, मन्त्रीज्यूले जवाफ दिनुभएन । हामी सोसियल मिडियामार्फत् जवाफ खोज्नेछौं, तर हामी छोड्दैनौं… ।’

    शाही लगायतकाे विराेधी समूहले विमान १ घण्टा ढिलाे गरेकाे बताए पनि स्वयं मन्त्री लगायत अन्यहरुले भने जम्मा १५ मिनेट ढिलाे भएकाे बताएका छन् । याे घटनापछि मन्त्रीकाे विराेध र बचाउमा दुवैथरीका तर्क-वितर्क र आलाेचना भइरहेकाे छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन
  • एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड
  • नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन
  • गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    News

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    News

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    News

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    News

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑