• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:मंगलबार ०७ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    किन हराए १० लाख विद्यार्थी ?

  • वीरगंज संजाल
  • २९ भाद्र २०७६, आईतवार ०८:३२
  • ६०५५

    काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको फ्ल्यास रिपोर्ट २००९र२०१० अनुसार त्यस वर्ष कक्षा १ मा १४ लाख ७२ हजार १३ विद्यार्थी भर्ना भएका थिए । तीमध्ये १० लाख १३ हजार ५ सय ५ जना मात्र कक्षा २ मा पुगे । कक्षा २ मा भर्ना भएकामध्ये ८ लाख ९३ हजार १ सय ६८ जना कक्षा ३ मा भर्ना भए ।

    कक्षा ६ मा पुग्दा ६ लाख ३९ हजार ५ सय ५० मात्र बाँकी रहे । तिनै विद्यार्थी २०७५ को एसईईसम्म पुग्दा ४ लाख ५० हजार १ सय ८६ बाँकी रहे । यसरी कक्षा १ मा भर्ना भएका १४ लाख ७२ हजार १३ विद्यार्थीमध्ये कक्षा १० सम्मको यात्रा सक्दा ४ लाख ५० हजार १ सय ८६ बाँकी रहे । १० वर्षको शैक्षिक यात्रामा १० लाख २१ हजार ८ सय २७ विद्यार्थी हराए ।

    यो तथ्याङ्कले हामीले कक्षाकोठामा विद्यार्थी टिकाउन नसकेको देखाउँछ । यो समस्या तल्ला कक्षाहरूमा झन् भयावह देखिन्छ । ५७ प्रतिशत विद्यार्थीले किन विद्यालय छाडे र कहाँ गए रु के समस्या आइलाग्यो, जसले उनीहरूलाई विद्यालय छाड्न बाध्य बनायो रु कारण व्यक्तिगत हो कि पारिवारिक रु सामाजिक हो कि आर्थिक रु राजनीतिक हो वा शैक्षिक रु भौगोलिक हो वा सांस्कृतिक रु तिनले विद्यालय छाड्नुको कारण पहिचान गरेर बढ्न सकिएन भने सरकारी नीति र बजेटले तात्त्विक भिन्नता ल्याउन सक्दैन । नीति र कार्यक्रमले मात्र परिवर्तन ल्याउन सक्थ्यो भने, हरेक वर्ष एसईईमा झन्डै १४ लाख विद्यार्थी सामेल भइरहेका हुने थिए ।

    शिक्षा मन्त्रालयको काम विद्यालयमा विद्यार्थी ल्याउने, भर्ना भएकालाई टिकाउने, तिनलाई आवश्यक ज्ञान निर्माण र सीप सिकाउने अनि विद्यालय तहबाट दीक्षित भएपछि रोजगारीको बजारमा बिक्न सक्ने बनाउने हो । कक्षा १ को भर्नादर हेर्‍यौं भने विद्यार्थी ल्याउन विद्यालय केही हदसम्म सफल देखिन्छन् ।

    त्यसपछि उनीहरूलाई विद्यालयमा टिकाउने र बिकाउने कुरामा भने स्थिति दयनीय छ । शिक्षा मन्त्रालयको प्रयास विद्यालयमा विद्यार्थीलाई टिकाउन, सिकाउन र रोजगारीको बजारमा बिक्न सक्ने बनाउनमा केन्द्रित हुनुपर्छ । यसमा जति ढिलाइ भयो, त्यति सार्वजनिक शिक्षालयप्रति आमनागरिक र समुदायको विश्वास गुम्दै जान्छ ।

    राज्यले सार्वजनिक शिक्षा सबैको पहुँचमा पुर्‍याउन कोसिस गरिरहेको भए पनि त्यसमा आमजनताको विश्वास देखिँदैन । जबसम्म अभिभावकको पहिलो रोजाइमा निजी विद्यालयहरू रहिरहन्छन्, तबसम्म सरकारले सार्वजनिक शिक्षालयलाई सबल र सुदृढ बनाएको मानिँदैन । हुनेखानेले आफ्ना नानीबाबुलाई सार्वजनिक शिक्षालयमा पठाउँदैनन् । समाजका अगुवाहरूले नै सार्वजनिक शिक्षाप्रति विश्वास नगरेपछि हुँदाखाने वर्गसमेत त्यति आकर्षित हुन्नन् ।

    विद्यार्थीलाई विद्यालयमा टिकाउन सरकारले अहिलेसम्म प्रभावकारी कार्यक्रम ल्याउन सकेको छैन । जति कार्यक्रम आए, हचुवामा आए । समस्या समाधान गर्ने हेतुले भन्दा पनि सरकारका नीति तथा कार्यक्रमलाई कसरी लोकप्रिय बनाउन सकिन्छ भन्ने अभिप्रायले ल्याए जस्तो १ दिवा खाजा कार्यक्रम ल्याइयो, निःशुल्क पाठ्यपुस्तकको व्यवस्था गरियो, छात्रवृत्ति कार्यक्रम ल्याइयो, स्यानेटरी प्याडको व्यवस्था गरियो । तर, कुनै पनि प्रयास सहयोगी बन्न सकेन ।

    विद्यालयमा टिक्नु वा नटिक्नुमा विद्यार्थीविशेषको व्यक्तिगत–पारिवारिक पृष्ठभूमि, सामाजिक–आर्थिक–भौगौलिक अवस्था, विद्यालयप्रति अभिभावकको मनोवृत्ति, विद्यालयको सिकाइ वातावरण, शिक्षकहरूको व्यवहार, शिक्षण विधि, विद्यार्थीलाई दिइने थप सहयोग आदिले महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन् ।

    विद्यार्थी टिकाउने हो भने विद्यालयको वातावरण पढ्नलायक बनाउनुपर्छ । सिकाइमैत्री, अभिभावकमैत्री र बालमैत्री वातावरण हुनुपर्छ । शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षिक जनशक्ति परीक्षण केन्द्र ९ईआरओ० ले हालै गरेको एउटा अध्ययनले देशका नमुना विद्यालय नै पढ्नलायक नभएको देखाएको छ । विद्यालयको वातावरणनै सिक्न र पढ्नलायक नभएपछि विद्यार्थी

    कसरी टिक्छन् ?
    हाम्रो सन्दर्भमा विद्यार्थीले विद्यालय छाड्नुमा अभिभावकको आर्थिक अवस्था र शिक्षामा उनीहरूको पहुँचको ठूलो हात हुन्छ । छोराछोरीलाई विद्यालयमा भर्ना गरिसकेपछि अभिभावकमा केही उत्तरदायित्व स्वतः थपिन्छ । कापी–किताबको जोहो गरिदिनैपर्‍यो, शिक्षा निःशुल्क भए पनि परीक्षाशुल्क र अन्य बहानामा उठाइने शुल्क तिरिदिनैपर्‍यो, एकसरो लुगाको व्यवस्था गरिदिनैपर्‍यो, खाजाको व्यवस्था गरिदिनै पर्‍यो । चरम गरिबीमा रहेका अभिभावकहरूको कमाइले यो सब गर्न सम्भवै छैन । जब शिक्षा अभिभावकको कमाइले नधान्ने अवस्थामा पुग्छ, त्यसबाट भाग्नुबाहेक अर्को विकल्प विद्यार्थी र अभिभावक दुवैसँग हुँदैन । छाडेर जान खोज्ने विद्यार्थीलाई रोक्न विद्यालयसँग कुनै स्रोतसाधन छैन, न त सरकारले स्रोतसाधन गराएको छ ।

    राज्यले शिक्षकको तलब–भत्ताबाहेक केही मसलन्द खर्च मात्र उपलब्ध गराउँछ, जसबाट चक र डस्टरबाहेक अर्थोक किन्न पुग्दैन । विद्यार्थीलाई विद्यालयमा टिकाउने विकल्प राज्यसँग मात्र छ, तर उही हात बाँधेर बसेको छ ।

    जातीय अल्पसङ्ख्यक समूहबाट आएका र सामाजिक–आर्थिक स्थिति कमजोर भएका विद्यार्थीले विद्यालय छाड्ने दर उच्च हुन्छ । जुन विद्यार्थीले घरमा सिकाइका लागि सहयोग पाउँदैनन्, जसका घरमा सिकाइका लागि सामग्री छैनन्, जसका अभिभावक घरमा हुन्नन् र विद्यालयमा हुने क्रियाकलाप र सिकाइप्रति कम चासो राख्छन्, तिनको विद्यालय छाड्ने दर उच्च हुन्छ । शैक्षिक उपलब्धि र परीक्षाको ग्रेड न्यूनस्तरको हुने, गृहकार्य नगर्ने या कम नगर्ने विद्यार्थीले पनि विद्यालय छाड्न सक्छन् । साथीसँगीसँग राम्रो व्यवहार नभएका विद्यार्थीले पनि बीचैमा कक्षा छाड्न सक्छन् ।

    प्राथमिक तहमा विद्यार्थीको सिकाइ सीप, पढाइ सीप, गणितीय सीप, सामाजिक सीप, वैयक्तिक सीप कस्तो छ, त्यसले विद्यालय छाड्ने वा निरन्तरता दिने भन्नेमा प्रभाव पार्छ । कक्षाकोठाको सिकाइ सक्रिय छ कि निष्क्रिय, त्यसले पनि भूमिका खेल्छ । कक्षाकोठाको सिकाइ सक्रिय छ, सिक्न प्रशस्त मौका पाइन्छ, शिक्षकसँगको संवाद र अन्तरक्रिया उच्च स्तरको छ भने, त्यस्ता विद्यार्थीले पनि कक्षाकोठा कमै छाड्छन् ।

    अभिभावकको कमजोर आर्थिक अवस्था र विद्यार्थीले घरमा गर्नुपर्ने कामको बोझका कारण पनि विद्यालय छाड्ने दर बढेको हुनसक्छ । बसाइँसराइ, विद्यालयमा अनियमित, कक्षा दोहोर्‍याउनुपर्ने अवस्था आदिले पनि कहीं न कहीं उनीहरूलाई कक्षाकोठाबाट बाहिर धकेलिरहेको पाइन्छ ।

    विद्यालयमा शारीरिक तथा मानसिक दण्ड र स्वीकार्यता, ज्ञान निर्माण, सीप सिकाइ र अवधारणा बुझाइलाई वास्तविक जीवन र जगत्सँग जोड्न नसक्नु, सिकाइ पाठ्यपुस्तकमा मात्र केन्द्रित हुनु, मूल्याङ्कनको आधार लेखाइलाई मात्र मान्नु जस्ता विषयले पनि विद्यार्थीलाई विद्यालय छाड्ने अवस्थामा पुर्‍याउँछन्। कान्तिपुर दैनिकबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑