दार्चुला | जिल्लाको नौगाड गाउँपालिकामा आइतबार रातिको अविरल वर्षापछि २ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा नौगाड गाउँपालिका-६ का ३५ वर्षीया मानमती ठगुन्ना र उहाँकी ६ वर्षीया छोरी रेवती ठगुन्ना रहेको भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
पहिरोले विद्यालय भवन, २८ बाख्रा, कुखुरा फर्म, तीनवटा पानी घट्ट बगाउनुका साथै पारी गाउँका तीन घरमा पूर्ण क्षति पुर्याएको नौगाडका स्थानीय हरकसिंह धामीले बताए।
पारिगाउँमा मात्रै नभइ नौगाड गाउँपालिकाको वडा नम्बर १, २ र ३ लगायत विभिन्न बस्तीमा बाढी, पहिरोले ठूलो क्षती गरेको नौगाड क्स स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोलीसमेत खटिएको अध्यक्ष धामीले बताए।