बिरगंज।जनता समाजवादि पार्टी नेपाल बिरगंज महानगर कार्य समितीद्वारा पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्की मार्फत प्रधानमन्त्रीको कार्यालय , स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्रीको कार्यालयलाई समेत बोधार्थ सहित आइतबार ज्ञापनपत्र बुझाएका थिए ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीलाई कोभिड-१९ को महामारीका कारण स्थानिय जनताले भोग्नु परेको समस्यालाई केन्द्र सरकार, प्रदेशसरकार र स्थानिय सरकारको ढिलासुस्तीका कारण जनताहरुले आत्महत्या समेत गर्ने गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
त्यसै गरि स्थानीय सरकारले बिरगंजलाई कोभिड-१९ बाट मुक्त बनाउन एक घर एक परिक्षण गर्ने नीति अन्तर्गत बिरगंजबासीले पिसिआर परिक्षण मेसिन खरिद गर्न चन्दा समेत दिएका थिए तर अहिले आएर सरकारले ५ हजार ५ सय शुल्क लिएर परिक्षण गर्ने निर्णय गलत भएकोकोले त्यसलाई सच्याउन र यश महामारी फैलिन नदिन चाडै पिसिआर टेस्ट गर्न समेत ज्ञापनपत्रमा भनिएको छ ।
जनता समाजवादी पार्टी नेपाल बीरगंज महानगर कार्य समितिकोअध्यक्ष लियाकत अलिले सो ज्ञापनपत्र पढेर बुझाएको थियोे ।
सो कार्यक्रममा जिल्ला अध्यक्ष राजेश मान सिंह , उपाध्यक्ष मदन यादव , केन्द्रीय सदस्यहरू शशिकपुर मियाँ , सिपु तिवारी नेताहरू मुकेश दुबेदी , सलाउद्दीन मंसुरी , शशी पाण्डे , मुना सोनी, केदार साह, प्रमोद यादव महानगर कोषाध्यक्ष अफरोज आलम, महानगर युवा अध्यक्ष राजु गुप्ता , सोनु कुमार पटेल ,संदीप पटेल लगायतको उपस्थिति रहेको थियो ।