वीरगंज | असार २९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक भएका छन्। सरकारले गण्डकी विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि कास्की र तनहुँ जिल्लाको विभिन्न स्थानको जग्गा प्रदान गर्ने भएको छ। सरकारले कास्कीको पोखरा महानगरपालिका-३२ मा नेपाल सरकारको नाममा रहेको ३५२ रोपनी जग्गा र तनहुँको शुक्लागण्डकी नगरपालिका-५ मा रहेको १७५ रोपनी जग्गा प्रदान गर्ने भएको हो। विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि सरकारी स्वामित्वको जग्गा प्रदान गर्न लागिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए। गण्डकी प्रदेश सरकारले आफ्नै विश्वाविद्यालय सञ्चालनका लागि आवश्यक प्रक्रिया सुरु गरिसकेको छ।
यस्तै कृषि विकास बैंकको स्वामित्वमा रहेको साविक जनकपुर नगरपालिका-१२ मा रहेको जग्गा र साविक कैलाली जिल्लाको तारानगर-४ हाल धनगढी उपमहानगरपालिका-१ मा रहेको जग्गा प्रचलित मूल्यमा र दुवै निकायको सहमतिका आधारमा आवश्यक प्रक्रिया पूरा गरी स्वीकृत मापदण्डबमोजिम कर्मचारी सञ्चय कोषलाई बिक्री गर्न स्वीकृति प्रदान गरिएको छ। त्यस्तै, सरकारले भन्सार ऐन, २०६४ को दफा ४ बमोजिम भन्सार कार्यालयहरुको स्थापना गर्ने तथा भन्सार कार्यालयको कार्यक्षेत्राधिकार पुनरावलोक गर्ने निर्णय गरेको छ।
सरकारका थप निर्णय जस्ताको तस्तै