• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लामो दूरीमा पनि बस चलाऊ !

  • वीरगंज संजाल
  • ३० असार २०७७, मंगलवार १५:३६
  • २६७७

    वीरगंज | सार्वजनिक यातायात सेवा जनजीवनको अभिन्न अंग बनिसकेको छ । सहजबजारमा मात्र हैन गाउँघरमा पनि सार्वजनिक यातायात नहुँदा गुजारै नचल्ने अवस्था छ । राज्य चलाउनेहरूलाई भने सार्वजनिक यातायातको महत्त्व स्वीकार गर्न निकै कठिन भएजस्तो छ । यसैले त नेपालमा निजी सवारी साधन चलाउन बन्दाबन्दीले खासै बाधा परेन भने सार्वजनिक यातायात सेवा तीन महिना पुग्दा पनि पूरा खेलिएको छैन । बल्ल काठमाडौं उपत्यकामा ट्याक्सी र फाट्टफुट्ट ठूला बसहरू चलाउन थालिएको छ । यातायात व्यवसायीहरूका केही मागप्रति सरकार सकारात्मक भएको ठहर गरी उनीहरूले सवारी साधन चलाउन थालेको बताएका छन् । कोभिड—१९को संक्रमण रोक्न सवारी साधनमा आधाजति यात्रुमात्र राख्नुपर्ने भएकाले सरकारले ५० प्रतिशत भाडा बढाउने अनुमति दिएको छ ।

    कोभिड—१९ को संक्रमण केही समयसम्म अझै भइरहने देखिन्छ । कतै त संक्रमणको तेस्रोसमेत लहर फैलन लागेको छ । विश्व स्वास्थ्य संगठनले खतरा झन् बढ्न सक्ने चेतावनी दिएको छ । यो विश्व महाव्याधिबाट नेपाल जोगिन सकेन । यसैले महाव्याधिसँगै बाँच्ने बानी पार्नुबाहेक सायद हामीसँग अर्को उपाय छैन । यसरी बाँच्ने जीवनशैलीलाई संसारमा ‘नयाँ सामान्य’ (न्यु नर्मल) भन्ने गरिएको छ । धेरै मुलुकहरूमा कोभिड—१९ को संक्रमण नरोकिँदै विद्यालयहरू सञ्चालन गरिएको छ । यस वर्षको आरम्भदेखि फैलेको महाव्याधि रोक्न गरिएको बन्दाबन्दीका कारण विश्व अर्थतन्त्र नै थला परेपछि उद्योग व्यवसाय पनि सञ्चालन गर्न थालिएको छ । यसैले नेपाल सरकारले पनि समस्यालाई निषेध गरेर हैन यथार्थपरक दृष्टिकोण राखेर समाधानका उपायहरू खोज्नुपर्छ ।

    अब पुरानै अवस्थामा छिटै फर्कन नसकिने हुनाले नयाँ तौरतरिका अपनाएर जीवन सहज बनाउनुको विकल्प छैन भन्ने यथार्थसकेसम्म चाँडै आत्मसात् गर्नु उचित हुन्छ । सार्वजनिक यातायातका हकमा संक्रमणबाट सुरक्षित हुनेगरी यात्रु व्यवस्थापन गरेर सञ्चालन गर्नुपर्छ । राज्यले पहिलेभन्दा बढी अनुगमनमा ध्यान दिनुपर्छ भने यात्रु, कामदार र व्यवसायी सबैको हित हुने उपायहरू खोज्नु जरुरी हुन्छ । कम क्षमतामा चलाउँदा व्यवसायीलाई हुने घाटा सबै यात्रुबाट मात्र असुल्ने सरकारी निर्णयमा पुनर्विचार हुनु आवश्यक छ भने लामा दूरीमा पनि सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिनुपर्छ ।

    एउटा जिल्लाभर चलाउन दिने हो भने यात्रुहरू जिल्ला सार गरेर पनि लामो दूरीका गन्तव्यमा पुग्छन् ।  अव्यवहारिक र अन्यायपूर्ण नियम पालना हुँदैन रहेछ भन्ने पाठ त बन्दाबन्दीका बेला लगाइएको आवागमनको उल्लंघनबाट पनि स्पष्ट भएको छ । यसैले सरकार र व्यवसायी दुवै पक्षले सहकार्य गरेर नयाँ परिस्थितिमा सुरक्षितरूपमा सेवा सञ्चालन गर्ने उपाय खोजून् । छोटो दूरीको यातायात खोलिसकेपछि लामो दूरीको सेवामात्र रोक्नु बुद्धिमानी हुँदैन । यसले अपेक्षाकृत गरिबहरूलाई बढी सास्ती र महँगोमात्र हुन्छ । त्यतिमात्र हैन संक्रमणको जोखिम पनि यसरी यात्रा गर्दा बढी हुन्छ । अतः सकेसम्म चाँडो सुरक्षितरूपमा लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर !

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑