वीरगंज lमुकेश खेतान। पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईले डेङगुबाट बच्न सबैले सावधानी अपनाउनु पर्ने बताउनु भएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिन सिटी सामुदायीक सेवा केन्द्रले आयोजना गरेको जनचेतना मुलक र्याली तथा घर दैलो कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले सबैको सहयोगबाटै यसलाई रोकथाम गर्न सकिने पनि बताउनु भयो । देश भरी फैलि रहेको डेङगुबाट धेरै जना प्रभावित भैरहेकोले यसलाई साधारण नबुझन तथा रोक थाममा जुट्न सबैमा अनुरोध गर्नु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै ग्रिन सिटीका अध्यक्ष जय प्रकास खेतानले वीरगंजमा लगभग ६० जनामा डेङगु फैलि सकेकोले सावधानी अपनाउन एक दम जरुरी रहेकोमा जोड दिनु भयो । वहाँले त्यसको लागि यस प्रकारको जनचेतना मुललक कार्यक्रम गर्न सधै तैयार रहेको पनि बताउनु भयो ।
जनचेतना मुलक र्याली तथा घरदैलो कार्यक्रममा वीरगंज महानगरपालिकाका स्वास्थ्य बिभाग प्रमुख अरुण कुमार महतो, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक गौतम थापा, जिल्ला ट्रफिक कार्यालय पर्साका प्रमुख राज कुमार सिंह, महानगरपालिकाका राज कुमार ताम्राकार, अमलेशवर मिश्र, सामाजिक अभियान्ता प्रकाश थारु, ग्रिन सिटीका सदस्य पिया सिंह, गौरी पोखरेल, श्याम जलान, अंजन कुमार खेतान, व्यवस्थीत वीरगंजका संयोजक दिलिपराज कार्की, संचारकर्मी राजेन्द्र सिंह, नितेश कर्ण, अनिल सहनि, जाकिर हुसैन, संतोष रंजितकार लगायत स्थानियको सहभागीता रहेको थियो ।कार्यक्रमको संचालन ग्रिन सिटीका प्रवक्ता मुकेश खेतान तथा व्यवस्थीत वीरगंजका संयोजक दिलिपराज कार्कीले गरेका थिए ।