वीरगंज | सामुदायिक खानेपानी तथा सरसफाइ इकाइ कार्यालय डडेल्धुरामा राप तृतीय श्रेणी इन्जिनीयरको पदमा २०६३ पुस ५ गते प्रवेश गरेका इन्जिनीयर पूर्णप्रसाद उपाध्यायको अवैध सम्पत्ति मात्र ५ करोड बढी रहेको पाइएको छ।सार्वजनिक पदमा रहेर अकूत सम्पत्ति कमाएको अनुसन्धानमा फेला परे पछि अख्तियारले उपाध्याय विरुद्ध मुद्दा दायर गरेको छ। अख्तियारले खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगञ्जमा कार्यरत सिनियर डिभिजन इन्जिनीयर पूर्णप्रसाद उपाध्यायविरुद्ध मुद्दा दायर गरेको हो। आयोगले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी हैसियतभन्दा बढी अस्वाभाविक जीवनयापन गरेको भन्दै उपाध्यायमाथि छानबिन गरेको थियो ।
सामुदायिक खानेपानी तथा सरसफाइ इकाइ कार्यालय डडेल्धुरामा राप तृतीय श्रेणी इन्जिनीयरको पदमा २०६३ पुस ५ गते प्रवेश गरेका उपाध्याय २०६९ चैत १५ गते सिनियर डिभिजन इन्जिनीयर पदमा बढुवा भएका थिए । हाल क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगञ्जमा कार्यरत रहेका छन् ।
आयोगले २०६३ पुस ५ देखि २०७७ जेठ मसान्तसम्मको छानबिन गरेको थियो । उपाध्यायले सार्वजनिक सेवामा रही आर्जित भत्तालगायत पारिश्रमिक आय, श्रीमती दुर्गा खनाल रिमालको पारिश्रमिक, जग्गा भाडा, कर्मचारी सञ्चय कोष कर्जा, व्यक्तिगत सापटी, शेयर नगद लाभांश, पैतृक जग्गा बिक्रीबाट प्राप्त आय गरी एक करोड ९२ लाख १६ हजार २९८ बराबर मात्र वैधानिक आय गरेको देखिन्छ ।
आयोगको अनुसन्धानअनुसार उपाध्यायले जग्गा खरिद, घर निर्माण, विद्युतीय उपकरण खरिद, जीवन बीमा प्रिमियम, साथमा रहेको नगद, श्रीमती दुर्गाका नाममा विभिन्न बैंकमा रहेको खाताको मौज्दात तथा लगानी जाँच गर्दा पाँच करोड एक लाख ४३ हजार ४ सय ५१ बराबरको सम्पत्ति रहेको पाइएको छ । वैध आयको तुलनामा खर्च तथा लगानीको मात्रा तीन करोड १० लाख २७ हजार १५३ बढी रहेको पाइएको छ । सोही आधारमा आयोगले आज तीन करोड १० लाख २७ हजार १ सय ५३ बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।