• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / अर्थतन्त्र

    राहदानी विधेयक पारित, व्यक्तिगत काममा पनि रातो पासपोर्ट प्रयोग गर्न मिल्ने

  • वीरगंज संजाल
  • २७ भाद्र २०७६, शुक्रबार ०९:५४
  • ६३३३

    काठमाडौं : संघीय संसद्को प्रतिनिधिसभाले व्यक्तिगत काममा पनि रातो पासपोर्ट (कूटनीतिक राहदानी) लिएर विदेश जान सक्ने गरी राहदानी विधेयक पारित गरेको छ । सरकारी कामबाहेक विशेष कामको सिलसिलामा विदेश जाँदा पनि रातो पासपोर्ट प्रयोग गर्न मिल्ने व्यवस्था पारित विधेयकमा छ ।

    यसअघि राष्ट्रिय सभाबाट समेत पारित हुनुपर्ने प्रक्रिया नै छलेर प्रतिनिधिसभाबाट सीधै प्रमाणीकरणका लागि पठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाअनुसार विधेयक फिर्ता गरिदिएकी थिइन् । संघीय संसद् प्रारम्भ भएपछि प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेर विधेयक फिर्ता भएको यो पहिलोपटक हो । पहिले प्रक्रिया नै छलेको प्रतिनिधिसभाले अहिले भने ‘आवश्यक परे राष्ट्रिय सभाबाट संशोधन हुने’ भन्दै विधेयक पारित गरेको छ ।

    प्रतिनिधिसभाबाट पारित विषय संशोधन गर्न सक्ने अधिकार राष्ट्रिय सभालाई हुन्छ । राष्ट्रिय सभाबाट विधेयक हुबहु वा संशोधनसहित पारित भएको जानकारी प्रतिनिधिसभामा गएपछि प्रमाणीकरणका लागि सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिकहाँ पठाउनेछन् । परराष्ट्र मन्त्रालयले सरकारी कामको सिलसिलामा विदेश भ्रमणमा जाने सांसदलगायत सरकारी पदाधिकारीलाई रातो पासपोर्ट दिने व्यवस्था छ ।

    संसदमै एक वर्ष अल्मलियो विधेयक
    २३ साउन ०७५ मा विधेयक प्रतिनिधिसभामा दर्ता भएको हो । अन्तर्राष्ट्रिय सम्बन्ध समितिबाट संशोधनसहित १० असोजमा पारित भयो । भोलिपल्टै ११ प्रतिनिधिसभाबाट विधेयक पारित भएको सन्देशसहित राष्ट्रिय सभामा प्रस्तुत भयो । तर, त्यही दिन संघीय संसद्को दोस्रो अधिवेशन सकियो ।

    राष्ट्रिय सभाले दुई महिनाभित्र पारित नगरे वा संशोधनसहित फिर्ता नपठाए प्रतिनिधिसभामा तत्काल रहेको सदस्य संख्याको ५० प्रतिशतभन्दा बढी सदस्यले पारित गरी प्रमाणीकरणका लागि सभामुखमार्फत राष्ट्रपतिसमक्ष पठाउन सक्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा छ ।

    ११ पुसमा संघीय संसद्को तेस्रो अधिवेशन प्रारम्भ हुँदा राष्ट्रिय सभामा राहदानीसम्बन्धी विधेयक गएको दुई महिना नाघिसकेको थियो । १० चैत संसद्को तेस्रो अधिवेशन सकिँदासम्म पनि राष्ट्रिय सभाबाट राहदानी विधेयक सन्देशसहित प्रतिनिधिसभामा नआएपछि सभामुखले २० वैशाखमा प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएका थिए । तर, २६ वैशाखमा राष्ट्रपतिबाट विधेयक फिर्ता भयो । बिहीबार प्रतिनिधिसभाले विधेयक हुबहु पारित गरेको छ । नयाँपत्रिका दैनिकबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑