गुगलले आफ्नो गुगल प्ले स्टोरबाट विभिन्न २५ वटा एन्ड्रोइड एपहरुलाई हटाइदिएको छ । फेसबुक प्रयोगकर्ताका लगइन डाटाहरुको चोरीमा ती एपहरु संलग्न रहेको विषयमा साइबर सेक्योरिटी कम्पनी एभिनाले खुलासा गरेसँगै गुगलले यस्तो कदम चालेको हो ।ती एपहरुमा मालवेयर रहेका र त्यस मार्फत स्मार्टफोन प्रयोगकर्ताका फेसबुक लगइन डाटाहरु चोरिने गरिएको एभिनाले खुलासा गरेको थियो ।
ती २५ वटा एपहरु गुगल प्ले स्टोरमा अहिलेसम्म २० लाख पटक डाउनलोड भैसकेका छन् । ती मध्ये अधिकांस एप फाइल म्यानेजर, फ्लास लाइट, वालपेपर म्यानेजमेन्ट, स्क्रिनसट इडिटर तथा मौसम समबन्धी एपहरु रहेका छन् । गुगलले प्ले स्टोरबाट हटाएका २५ वटा एपहरुको सूचि यस्तो छ –
Super Wallpapers Flashlight
Padenatef
Wallpaper Level
Contour level wallpaper
Iplayer & iwallpaper
Video maker
Color Wallpapers
Pedometer
Powerful Flashlight
Super Bright Flashlight
Super Flashlight
Solitaire game
Accurate scanning of QR code
Classic card game
Junk file cleaning
Synthetic Z
File Manager
Composite Z
Screenshot capture
Daily Horoscope Wallpapers
Wuxia Reader
Plus Weather
Anime Live Wallpaper
iHealth step counter
Com.tyapp.fiction