• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनकपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको अवस्था गम्भीर

  • वीरगंज संजाल
  • २० असार २०७७, शनिबार १०:४७
  • २१९७

    वीरगञ्ज । प्रदेश २ मा दुई जना कोरोना संक्रमितको अवस्था गम्भिर रहेको पाइएको छ । दुवै जना महोत्तरीबाट रिफर भई जनकपुरस्थित लेभल–२ कोभिड अस्पतालमा भर्ना भएका छन् ।शुक्रबार राति साढे १० बजे महोत्तरीको रामगोपालपुरबाट ३० वर्षीय एक युवकलाई जनकपुरस्थित अस्पतालमा ल्याइएको थियो । श्वास प्रश्वासमा समस्या देखिएपछि रामगोपालपुरको क्वारेन्टिनबाट उनलाई रिफर गरिएको हो । आरडीटी पोजेटिभ देखिएका उनको पीसीआर रिपोर्ट आइसकेको छैन । रामगोपालपुर क्वारेन्टिनमा ज्वरो र खोकीको उपचार गरिँदै आएको थियो ।

    रगतमा अक्सिजनको मात्रा कम देखिएको, ज्वरो आएको, स्वासको गति तीव्र भएको आधारमा सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकले उनको अवस्था गम्भिर रहेको जानकारी आफूलाई दिएको सामाजिक विकास मन्त्रालयका सचिव राम प्रसाद घिमिरेले बताए । ‘अस्पतालमा भएको सम्पूर्ण स्रोत र साधनको परिचालन गरी उपचार गर्न भनेका छौं,’ उनले भने, ‘सकेसम्म उनलाई केही नहोस् भनेर चिकित्सक एवं स्वास्थ्यकर्मी लागिपरेका छन् ।’

    त्यस्तै असार १६ गते राति १० बजे महोत्तरीको जलेश्वरस्थित आइसोलेसनमा ४५ वर्षीय पुरुष बेहोस भएका थिए । बेहोस भएपछि जनकपुरस्थित लेभल–२ कोभिड अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य परीक्षण गर्दा उनको शरीरमा चिनीको मात्रा र ब्लड प्रेसर दुवै उच्च देखिएको थियो । उनको दोस्रो पीसीआर परीक्षण रिपोर्ट समेत पोजेटिभ नै आएको धनुषा जिल्ला कोभिड आइसोलेसन संयोजक डा. जामुन प्रसाद सिंहले जानकारी दिए ।

    ‘प्रादेशिक अस्पताल मेडिसिन विभागले दिएको जानकारी अनुसार उनको अवस्था सुधारउन्मुख त छ, तर दुईवटै हाई रिक्स फेक्टर भएकाले कुनै पनि बेला अवस्था गम्भिर हुन सक्छ,’ उनले भने, ‘लेभल– २ कोभिड अस्पतालमा राखेर उपचार भइरहेको छ ।’प्रादेशिक अस्पताल जनकपुर अन्तर्गतको अस्थायी कोभिड अस्पतालमा १ सय १ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर
  • ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    News

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑