• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:आइतबार ०५ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    धनी विद्यालय नै रोक्छन् शिक्षक–कर्मचारीको तलब

  • वीरगंज संजाल
  • ११ असार २०७७, बिहीबार २१:१८
  • ६२२१

    काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विद्यालय सञ्चालन गर्न गाह्रो भएको भन्दै निजी विद्यालयहरूले अभिभावकसँग लकडाउन अवधिको शुल्क र सरकारसँग राहत प्याकेज माग गरेका छन् । तर आफ्ना शिक्षक र कर्मचारीहरूलाई तलब दिने भने विद्यालय सञ्चालकहरू उदार देखिएका छैनन् ।‘वर्षौंदेखि मुनाफामा रहेका विद्यालयहरूले नै शिक्षक कर्मचारीको तलब रोकेको रिर्पोट आइरहेको छ’ नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा भन्छन्, ‘शिक्षक कर्मचारीकै रगत पसिनाले नाफामा चलिरहेका विद्यालयले महामारीका बेला तलब नदिनु गैरजिम्मेवारीपनको हद हो ।’

    सञ्चालकहरूले विद्यालय सञ्चालन गर्नुअघिको र लकडाउन अघि–पछिको सम्पत्ति छानबिन गर्नुपर्ने अध्यक्ष थापा बताउँछन् । उनी भन्छन्, ‘कोरोनाबाट प्रभावित विद्यालयलाई राहत दिनुपर्ने दायित्व सरकारको भए जस्तै शिक्षक कर्मचारीलाई तलब व्यवस्था गर्ने जिम्मेवारी विद्यालय सञ्चालकको हो ।’विद्यार्थीसँग मासिक ५० हजार उठाउने विद्यालयहरूले शिक्षक कर्मचारीलाई तलब नदिने, सहायकस्तरका कर्मचारीलाई कामबाट निकाल्ने गरेको शिक्षकहरूको गुनासो छ ।नेपालगञ्जमा मात्र बैशाखयता तलब नदिने ९५ प्रतिशत विद्यालय चैतदेखि बन्द छन् । लकडाउनको बेला पनि उनीहरूले उत्तरपुस्तिका जाँच्ने, नतिजा तयार पार्ने, अनलाइन कक्षा चलाउने लगायतका काम गरिरहे । तर बैशाख महिनादेखि तलब दिएका छैनन् । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापा भन्छन्, ‘वैशाख यता ९५ प्रतिशत शिक्षक–कर्मचारीले तलब पाएका छैनन् ।’

    केही विद्यालयहरूले भने ५० प्रतिशतसम्म तलब दिइरहेको थापाले जानकारी दिए । दशकौंदेखि स्थापित विद्यालयले समेत तलब नदिएको गुनासो आएको उनको भनाइ छ ।‘तलब नपाएको रिर्पोट गर्ने साथीहरूको फोन उठाउन भ्याई–नभ्याई छ’ अध्यक्ष थापा भन्छन्, ‘भाडा तिर्न नसक्दा घरबेटीले कोठाबाट निकाल्न लागे, चामल किन्ने पैसा नै छैन भन्ने फोन आउँदा साँच्चै पीडाबोध हुँदो रहेछ ।’कतिपयले गहना बेचेर, कतिले जग्गा धितो राखेर ऋण लिन थालेको थापाले जानकारी दिए ।

    ‘लकडाउन बहाना मात्रै’

    निजी विद्यालयमा करिब दुई लाख शिक्षकहरू आबद्ध छन् । उनीहरूमध्ये धेरैले शिक्षा ऐन र नियमावलीले निर्धारण गरेअनुसारको तलब पाएका छैनन् ।नियुक्ति पत्र नदिने, सामाजिक सुरक्षा कोषमा रकम जम्मा नगर्नेजस्ता समस्या लकडाउन पहिलादेखि नै भोग्दै आएको इस्टुका अध्यक्ष थापा बताउँछन् । उनी भन्छन्, ‘पहिलेदेखि नै कानुनअनुसार आफ्नो हक अधिकार नपाइरहेका शिक्षकहरू कोरोनाबाट थप मारमा परेका हुन् ।’राम्रो नाफामा चलिरहेका विद्यालयहरूले पनि फागुन–चैतको तलब नदिएको शिक्षकहरूको गुनासो छ । माघसम्मको तलब नपाएको रिर्पोट प्राप्त भएको थापा बताउँछन् ।

    ‘व्यापारमा नाफा–घाटा स्वाभाविक हो, घाटा प¥यो भन्दैमा हाम्रो रगत पसिनाकै कमाइ रोक्न त भएन नि’ चाबहिलस्थित एक विद्यालयका शिक्षक भन्छन्, ‘विद्यालयले नाफा कमाउँदा हामीलाई बाँड्दैनन्, कोरोना नआउँदा पनि हामीले दशैं खर्च पनि पाएनौं ।’इस्टुका अध्यक्ष थापा संकटका बेलामा शिक्षक–कर्मचारी, विद्यालय सञ्चालक, अभिभावक र सरकारले एक अर्कामा आरोपप्रत्यारोपभन्दा पनि समाधानको उपायमा जोड दिनुपर्ने बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑