• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १६ वर्षीय किशोरले उपचारबिनै यसरी आइसोलेसनमा तड्पी-तड्पी ज्यान गुमाए

  • वीरगंज संजाल
  • ११ असार २०७७, बिहीबार ०६:५८
  • ४२४९

    वीरगंज | देशमा कोभिड उपचारका नाममा १० अर्बभन्दा बढी खर्च भए पनि  सर्वसाधारणको स्वास्थ्यमाथि कसरी खेलबाड भइरहेको छ भन्ने कठोर उदाहरण धनुषामा देखिएको छ।भारतमा रोजगारी गुमेपछि भोकै ज्यान जाने डरले मातृभूमि फर्किएका १६ वर्षीय किशोरको उपचार नपाएर मृत्यु भएको छ । जब कि उनलाई कोभिड थिएन भन्ने पुष्टि भएको खबर आजको नयाँ पत्रिका दैनिकमा जनकपुरबाट हदिश खुद्दारले लेखेका छन्।धनुषाको हंसपुर नगरपालिका-७ निवासी पर्साहीस्थित विपन्न दलित बस्तीका राजु सदा रोजगारीका लागि भारत पसेका थिए । उनको उमेर १६ वर्ष मात्रै थियो, तर दक्षिण भारतको चेन्नईको होटेलमा काम गरेर उनले परिवारको आर्थिक जिम्मेवारी पूरा गर्दै आएका थिए ।

    तर, लकडाउनपछि होटेलले उनलाई कामबाट निकाल्यो, गाँस र वासको पनि समस्या भएपछि उनी नौजना साथीसँग घर फर्किएका थिए । ‘घर पुगे बाँचिएला भन्दै छोरो आएको थियो, बस र रेल नपाएकाले कतै ट्रक र कतै हिँडेर आएको हो,’ पिता अशेश्वर सदा भन्छन्, ‘चेन्नईबाट आठ दिन लगाएर उनीहरू नेपाल आइपुगेका हुन्, तर गाउँ आइपुग्दा मेरो छोरा निकै हर्षित थियो ।’राजुको समूह १४ जेठमा गाउँ आइपुगेको थियो, उनीहरूलाई नगरपालिकाले लौवाखोरमा सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएको थियो । भारतबाट आएकाको कोरोना परीक्षण गर्ने भने पनि उनीहरूलाई विनापरीक्षण क्वारेन्टाइनमा राखियो ।

    ‘१० दिनपछि अर्थात् २४ जेठमा मात्र नमुना संकलन गरियो । एक–दुई दिनपछि राजुलाई पखाला लाग्यो,’ चेन्नईबाट सँगै आएका र सँगै बसेका अरुण सदा भन्छन्, ‘पखाला किन लाग्यो भनेर सोधखोज भएन, सीधै कोरोना हो भनेर आइसोलेसनमा पठाइयो।’पखालाले ग्रस्त भएका राजुलाई अस्पताल लग्न एम्बुलेन्सको समेत व्यवस्था थिएन, नगरपालिकाको टिपरमा राखेर २८ जेठमा प्रदेशिक अस्पताल जनकपुरको आइसोलेसन पु¥याइयो । ‘रिपोर्ट आएको थिएन, तर त्यही कोरोना हो भनेर अस्पतालले हेरचाह गर्न छाडिदियो,’ पिता अशेश्वर भन्छन् ।

    क्वारेन्टाइनमा बसेको १० दिनपछि मात्र नमुना संकलन गरियो, त्यसको चार दिनपछि उनलाई आइसोलेसनमा लगियो । तर, रिपोर्टको प्रतीक्षा त्योभन्दा बढी कष्टकर थियो । किनकि रिपोर्ट संकलन भएको १४ दिन अर्थात् आइसोलेसनमा राखिएको १० दिनसम्म पनि रिपोर्ट आएको थिएन।पेट दुखेर राजु आइसोलेसनमा तड्पिरहेका थिए, तर उनलाई कोभिड लागेको हो कि होइन भन्ने रिपोर्ट दुई सातासम्म पनि आएन । ‘ल्याब र जनशक्ति कम छ भन्ने सबैलाई थाहा छ, प्रदेशको प्रयोगशालामा आज पनि ६ हजार ८१३ नमुना थन्किएका छन्, योभन्दा छिटो दिन सकिने अवस्था नै थिएन,’ प्रयोगशालाका एक अधिकारीले भने ।

    उता कोभिड परीक्षण र उपचारका लागि राज्यको सम्पूर्ण स्रोत र शक्ति परिचालन गरेको राज्यले दुई सातासम्म रिपोर्ट नदिँदा राजुका आफन्त ठूलो मानसिक यातनाबाट गुज्रिए । राजु आफ्नै पीडाबाट छटपटाइरहेका थिए ।आइसोलेसनमा सँगै भएका सिराहाका एक युवाले रेकर्ड गरेको भिडियोमा असह्य पीडाले राजु तड्पिरहेको अवस्थामा देखिन्छन् । बेडमा अडिन नसकेर उनी भुइँमा पनि छट्पटाइरहेका छन्, सँगै बसेका साथीहरूले ‘राजु, राजु’ भनेर उनलाई सान्त्वना दिन खोजेका छन् । तर, उनलाई के भयो भनेर सोधखोज गर्न स्वास्थ्यकर्मी कोही पनि आएका छैनन् । उनी तड्पिरहेको वेला ‘पेनकिलर’ दिने वा उनलाई लठ्ठ पार्ने इन्जेक्सन लगाइदिने प्रयास पनि भएको छैन ।

    कोरोना हो भनेर आइसोलेसनमा राखिएकोले परिवारले राजुको हेरचाह पनि गर्न पाएनन् । ‘हामी नजिक जान पाइएन, तर भित्रबाट जानकारी आइरहेको थियो, औषधि–उपचार नै पाएको छैन, रोइरहेको छ भन्ने सुनेर यता घरमा रुवावासी हुन्थ्यो, तर गरिब रोएको सरकारले सुनेन,’ पिता अशेश्वरले भने ।नमुना संकलन भएको १४ दिनपछि रिपोर्ट आयो, कोभिड होइन भनेर । तर, राजु र परिवार खुसी हुन पाएनन्, किनकि अस्पतालको चरम उपेक्षाले उनी धेरै गलिसकेका थिए । स्वास्थ्य बिगिँदै गएपछि ९ असारको बिहान करिब ४ बजे उनको निधन भयो।

    ‘नमुना त पहिले नै संकलन भएको रहेछ, उनलाई २८ जेठमा यो आइसोलेसनमा ल्याइएको थियो, त्यसको १० दिनपछि मात्र रिपोर्ट आयो, उनलाई कोभिड छैन भन्ने रिपोर्ट आएको थियो,’ आइसोलेसन वार्डका इन्चार्ज डा.जामुन सिंहले भने ।अस्पताल जाँदा नगरपालिकाको टिपरमा गएका राजुको शव भने एम्बुलेन्समा राखेर घर पु¥याइयो । छोराको अन्त्येष्टि भएको छ, तर घरको दुःखको महाभारत बल्ल सुरु भएको छ ।गहभरि आँसु भएका पिता अशेश्वरले भने, ‘मेरा छोराको रिपोर्ट छिटो आएको भए उपचार राम्रो पाउँथ्यो, आज ज्यान गुमाउनुपर्दैनथ्यो, बरु सडकमा भीख मागेर खाँदै उतै बसेको भए बाँच्थ्यो होला, दशा लागेर देश आएछ ।’‘कोरोना होइन भन्ने रिपोर्ट आए पनि रिपोर्ट सही हो भन्नेमा डाक्टर र नर्स नै ढुक्क थिएनन्, त्यसैले उनीहरू नजिक आएनन्,’ राजुसँगै आइसोलेसनमा बसेका अरुण सदाको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑