गुल्मी । गुल्मीमा हाेम क्वरेण्टीनमा बसेका एक पुरुषकाे मृत्यु भएकाे छ। जिल्लाको छत्रकोट गाउँपालिका ५ मैनडाँडाका ६९ वर्षीय पुरुषको मृत्यु भएको हो ।
भारतबाट जेठ २५ गते घर फर्केका उनलाई होम क्वारेन्टिनमा राखिएको थियो । आरडीटी परीक्षण गर्दा उनको रिर्पोट पोजेटिभ देखिएको र पीसीआर रिपोर्ट नआउँदै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकृत प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए ।
उनी प्यरालाइसीसका विरामी भइ भारतमा उपचार गराउन लगिएको थियो । उनीसँगै आएका अर्का एक पुरुषमा भने आरडीटी नेगेटिभ देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकृत पशुपति आचार्यले जानकारी दिए ।
उनका अनुसार हाल सम्म गुल्मीमा कोरोना संक्रमितको संख्या १ सय ५ जना पुगेको छ । कोरोना संक्रमित समेत रहेका दुई जनाको मृत्यु भएको छ । तीन जना कोरोना जितेर घर फर्किएका छन् । जिल्लाबाट हाल सम्म ९ सय ७६ जनाको पीसीआर परीक्षणका लागि पठाइएकोमा ५ सय ४८ जनाको रिपोर्ट आउन बाँकी छ ।