अर्घाखाँचीको क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि
वीरगंज संजाल
४ असार २०७७, बिहीबार ०८:२५
३२९३
वीरगंज | आरडिटी परीक्षणमा कोरोनाभाइरस संक्रमण पोजेटिभ आएपछि मंगलबार राति अर्घाखाँचीको शितगंगा नगरपालिकाको एक क्वारेन्टाइनमा रहेका ४४ वर्षका पुरुषले आत्महत्या गरे । उनको शव क्वारेन्टिन नजिकै एक रुखमा झुन्डिएको अवस्थामा फेला परेको थियो ।
उनी झुन्डिएको अवस्थामा फेला परे पनि उनको पिसिआर रिपोर्ट नआइन्जेल उनको शव चलाइएन । त्यसैले बुधबार दिनभर उनको शव रुखमा नै झुन्डिएको अवस्थामा रह्यो । २५ जेठमा पिसिआर रिपोर्टका लागि उनको स्वाब संकलन गरिएको थियो । अब ११ दिनपछि उनमा कोरोना संक्रमण भएको पुष्टि भयो ।भारतबाट २५ दिनअघि आएर उनी क्वारेन्टिनमा बसेका थिए ।