ओखलढुंगा । ओखलढुंगामा बिद्यार्थी तथा अभिभावकले बिद्यालयका प्रधानाध्यापक र लेखापाललाई थुनेको विषय टुंगिएको छैन । कक्षा १२ को मौका परीक्षाको परीक्षा केन्द्र फेरिदा समेत बिद्यार्थीलाई थाहा नदिएको भन्दै सिद्धिचरण नगरपालिका १० बेतीनी स्थित पुन्यमाता माबिका बिद्यार्थी र अभिभावकले सोमबार ६ घण्टासम्म बिद्यालयका प्रधानाध्यापक र लेखापाललाई कक्षाकोठाभित्रै थुनेका थिए ।
बिद्यालयका ११ जना बिद्यार्थीहरुले मौका परीक्षा दिन परिक्षाको अन्तिम समयसम्म सिद्धिचरण नगरपालिका ११ स्थित सगरमाथा जनता मा.बी. मा आएको भएपनि उनीहरुको परिक्षाकेन्द्र नगरपालिकाकै वडा नम्बर ४ स्थित रुम्जाटार माबिमा भएको पाईएपछि बिद्यार्थीहरु आक्रोशित बनेका हुन् ।
बिद्यालयका प्रध्यानध्यापक तथा अन्य कर्मचारीहरुले अन्तिम समयमा परिक्षाकेन्द्र सगरमाथा जनता माबिमै भएको बताएपछि उनिहरु त्यहाँ पुगेका थिए । तर परीक्षा सञ्चालनका बेलामा आएर परीक्षा केन्द्र रुम्जाटारमा भएको शिक्षकहरुले बताएका थिए । त्यसपछि उनिहरु गाडी रिर्जव गरेर ढिला गरी परिक्षा दिन पुगेका थिए ।
यसै विषयलाई लिएर सोमबार बिद्यालयका प्रअ खडान्द खतिवडा र लेखापाल नरेन्द्र धमलालाई ६ घण्टासम्म थुनामा राखेका हुन् । बिद्यालयको स्थिती तनावपुर्ण बन्न थालेपछि प्रहरी निरिक्षक राजिव श्रेष्ठ सहितको टोली उद्धारका लागी पुगेको थियो । प्रअ खतिवडा र लेखापाल धमलालाई उद्धार गरी फकर्ने क्रममा ठुलो भिडबाट प्रहरी र प्रहरीको गाडीमाथि नै ढुंगा प्रहार भएको छ ।
ढुंगा प्रहारबाट एकजना प्रहरी जवान सामान्य घाईते भएको प्रहरी निरिक्षक श्रेष्ठले भने, ‘मास ठुलो थियो, स्थिती तनावपुर्ण बन्न लागेको थियो, त्यस भिडबाट हामीलाई कस्ले ढुंगा हान्यो थाहै भएन, आक्रोशित भिड देख्दा हामीले बल प्रयोग गर्नुपर्ने अवस्था थियो तर हामीले त्यसो गरेनौ उनीहरुलाई उद्धार गरी लिएर फर्कियौ।’
आक्रोशित बिद्यार्थी, अभिभावक र स्थानीयको समुहले बिद्यालयमा समेत तोडफोड गरेका छन् । बिद्यालयको कम्प्युटर, ल्यापटप लगायतका संरचनामा समेत क्षति पुगेको बिद्यालय प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यलयमा बिद्यार्थी, अभिभावक, शिक्षाक तथा सरोकारवाला निकायबीच जारी छलफलले समाधननको उपाय खोजी गरेको जिल्ला शिक्षा समितिका अध्यक्ष तथा प्रजिअ गणेश आचार्यले बताए ।