कपिलवस्तु । कपिलवस्तुमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण थप ४३ जनामा पुष्टि भएको छ । यससँगै कपिलवस्तुमा कुल संक्रमित संख्या ६ सय १६ पुगेको स्वास्थ्य कार्यलय, कपिलवस्तुले जनाएको छ ।
यशोधरा गाउँपालिकाका २१ जना, कृष्णनगर नगरपालिका का १९ जना, शिवराज नगरपालिकाका २ तथा बाणगंगा नगरपालिकाका १ जनामा संक्रमणको पुष्टि भएको हो । उनीहरूकाे स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा परीक्षण गरिएको हो ।