८० हजार घुस सहित विद्युत प्राधिकरणका कर्मचारी पक्राउ
वीरगंज संजाल
२३ भाद्र २०७६, सोमबार २३:०७
३४६९
सिरहा । नेपाल विद्युत प्राधिकरण सिरहा शाखाका एक कर्मचारी ८० हजार घुस सहित रंगेहात पक्राउ परेका छन् ।
प्राधिकरणको सिरहा शाखा मातहात अन्तर्गतका विष्णुपुरमा कार्यरत छेदी साह सुनारलाई प्रकाउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवास महोत्तरीले जनाएकाे छ ।
प्राधिकरणमा कार्यरत इलेक्ट्रसियन साहले विष्णपुर गाउँपालिका- १ स्थित चौकको होटेलबाट ८० हजार घुस रकमसहित पक्राउ गरेको हो । पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि बर्दिबास लगिने अख्तियार टोलीले जनाए । sabhar:news24