बटवल । रुपन्देही र कपिलवस्तुमा शनिबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीका ५ जना र कपिलवस्तुका ९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
रुपन्देहीका ५ जना मध्ये ओमसतिया गाउँपालिकाका एक जना, ओमसतिया गाउपालिकाका एक जना, शुद्धोधन गाउपालिकाका २ जना र लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका एकजना विरामीमा कोरोना पुष्टि भएको हो ।
ओमसतिया गाउंपालिका वडा नं ३ का १९ बषिर्य पुरूष, रोहिणी गाउंपालिका वडा नं २ का १९ वर्षीय पुरूष, शुद्धोधन गाउँपालिका वडा नं ७ का ३३ र ३८ वर्षीय २ जना पुरूषमा कोरोना पुष्टी भएको हो । योसँगै रूपन्देहिमा कोरोना संक्रमितको संख्या ११२ पुगेको छ ।
यस्तै कपिलवस्तुको विजयनगर गाउपालिकाका ५ जना र बुद्धभूमि नगरपालिकाका ४ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका कोभिड १९ फोकल पर्सन कुमार थापाले बताउनुभयो।
बुद्धभुमि नगरपालिका वडा नं. ५ का १९ र २९ वर्षका २ जना पुरुष, वडा नं. ६ का बर्ष २३ र ३६ का २ जना पुरुष रहेका छन् । विजयनगर गाउँपालिका वडा नं ३ का वर्ष २५ का १ जना पुरुष, वडा नं ५ का बर्ष २४ का १ जना पुरुष र वडा नं ६ का बर्ष २२,३२,४८ का ३ जना पुरुषमा संक्रमण देखिएको हो । यससँगै कपिलवस्तुमा संक्रमितको संख्या ४ सय ८४ पुगेको छ ।