• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अविस्कार

    निजी रकेटबाट अन्तरीक्षमा मानिस पठाएर अमेरिकाले रच्यो इतिहास

  • वीरगंज संजाल
  • Jun 2, 2020, 8:26 pm
  • ३०३१

    स्पेस एक्सको अन्तरीक्षयान ‘द क्रू ड्रागन’ले नासाका दुईजना अन्तरीक्षयात्रीलाई लिएर अन्तरीक्षको यात्रामा निस्किएको छ ।अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट उक्त अन्तरीक्षयान प्रक्षेपण गरिएको हो । योसँगै अमेरिकाले नौ वर्षपछि आफ्नै भूमिबाट पहिलोपटक मानवयान अन्तरीक्षमा प्रक्षेपण गरेको छ ।

    स्पेस एक्सको यो रकेट प्रक्षेपणले अर्को कीर्तिमानसमेत कायम गरेको छ । विश्वमा पहिलोपटक कुनै निजी अन्तरीक्षयानका माध्यमबाट अन्तरीक्षयात्रीहरु इन्टरनेसनल स्पेस स्टेसनका लागि प्रस्थान गरेका छन् ।

    स्पेस एक्सको निजी यानबाट नासाका अन्तरीक्षयात्री बब बेनकेन र डग हर्ली अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रको यात्रा गरी विश्व कीर्तिमान कायम गरेका हुन् ।

    सन् २००० मा स्पेस एक्सको निजी अन्तरीक्षयानबाट अन्तरीक्षमा जानका लागि यी दुईको छनोट भएको थियो । यी दुई अन्तरीक्षयात्रीहरु अहिलेसम्म नासाको तर्फबाट यसअघि दुई-दुई पटक अन्तरीक्षमा पुगिसकेका छन् । नासाको अन्तरीक्षयात्रीको टोलीमा यी सबैभन्दा अनुभवी अन्तरीक्षयात्री हुन् ।

    १९ घण्टामा यी दुई अन्तरीक्ष स्टेसनमा पुग्नेछन् ।यसअघि गत बुधबार पहिलोपटक अन्तरीक्षयान प्रक्षेपणको प्रयास गरिएको भए पनि खराब मौसमका कारण सो दिन स्थगित गरिएको थियो ।

    सन् २०११ यता अमेरिकाले पहिलोपटक फ्लोरिडाबाट अन्तरीक्षमा मानिस पठाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उक्त ऐतिहासिक पलको साक्षी बनेका छन् । अन्तरीक्षयान प्रक्षेपणको दृश्य हेर्नका लागि ट्रम्प फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरमा पुगेका थिए ।

    नासाका प्रशासक जिम ब्राइडेन्स्टाइनका अनुसार रकेट प्रक्षेपणका बेला ट्रम्पले प्रार्थना गरिरहेका थिए ।

    उनले भनेका छन्, ‘मैले गडगडाहट सुनेँ तर त्यसबेला मैले केही अरु नै महसुस गरिरहेकेा थिएँ । जब आफ्नो टिम रकेटमा हुन्छ, त्यतिबेला यस्तै महसुस हुन्छ । यो हाम्रो टिम हो । यो अमेरिकाको टिम हो । अहिले हामी निकै कठिन समयबाट गुज्रिरहेका छौँ । तर अन्तरीक्षयान प्रक्षेपणको यो घटनाले मानिसहरुलाई प्रेरणा मिल्नेछ,’

    बीबीसीबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता
  • हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान
  • सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप
  • संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    लाइसेन्ससम्बन्धी नयाँ निर्देशिका जारी, ४८ घण्टाभित्र आवेदन स्वीकृत गरिसक्नुपर्ने व्यवस्था

    वीरगन्जको मेनरोड क्षेत्र तार र पाइपरहित बनाउन महानगरपालिकाले थाल्यो पहल

    संकटमा हिमालय : ग्लेसियर पग्लिने गति ६५ प्रतिशतले बढ्यो

    प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

    वीरगञ्जमा भारतीय कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    News

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    News

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    News

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    News

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑