बिरगंज। सिभिल बैंकले नेपालमै पहिलो पटक एन्युटि डिपोजिट निपेक्ष योजना ल्याएको छ ।बिरगंजको होटेल पुजनमा सिभील बैंकले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा जानकारी गराईएको थियो ।
बिरगंज शाखाका प्रबन्धक अमर प्रसाद अमात्यले एन्युटी डिपोजिट योजना भनेको भबिस्यमा आफुलाई चाहिने रकमको व्यवस्थापन गर्न बचतकर्ताले निश्चित अवधी तोकिब्समान मासिक किस्ता बैंकलाई भुक्तानी गर्नु पर्ने छ र ईछयाईएको रकम सो अवधि पस्चात एकमुस्ठ प्राप्त गर्नेछन ।
न्युनतम मौज्दात रु.१०००/- बाट नै सुरु गर्न मिल्ने यस योजना व्यक्तिगत तथा सस्थागत निक्षेपकर्ता दुबैले सन्चालन गर्न मिल्ने निक्षेप योजना हो भने १ बर्षदेखि ७ बर्षसम्मको अवधिमा आफ्नो मासिक आम्दानीबाट बचत गर्न सक्ने रकमलाई थोरै थोरै जम्मा गरि भबिस्यको आफ्नो योजनाहरु साकार पार्न यसले सघाउछ।सिभिल एन्युटी डिपोजिटबाट बचतकर्याले आवस्यक मासिक रकम बचत गरि योजनाको अन्तमा सावा तथा ब्याजको एकमुस्ठ रकमको लाभ पाउन सक्नेछन् ।
आवस्यक परेको बखत ३ महिना पछि यो निक्षेप खाता बन्द गर्न मिल्ने वा मौज्दात रकमको ६०% सम्म रिन निकाल्न मिल्ने सुबिधा प्रदान गरेको छ ।बैंकको हाल ९६ शाखाहरु र ६२ वटा एटिएमको सुबिधा रहेको प्रबन्धक अमात्य ले बताउनु भएको थियो ।
पत्रकार सम्मेलनमा पकाहा मैनपुर शाखाका अजित कुमार मल्लिक , गन्जभवानीपुर शाखाका दिनेश प्रसाद कुशवाह , जितपुर शाखाका मनोज कुमार मेहता , कलैया शाखाका सुनिल कुमार मेहता , बिरगंज शाखाका अप्रेसन ईन्चार्ज जोन आरेशलाम गादे , सचीन श्रेष्ठ , भाष्कर मल्ल ,रुपेश ठाकुर भुमिहार , रजनी कुमारी गुरुङ , नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जरा लगायतकाको सहभागिता रहेको थियो ।