• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    सिमानामा २४ सयको भीडमा थिए बैैतडीका ४ जना संक्रमित

  • वीरगंज संजाल
  • १० जेष्ठ २०७७, शनिबार १८:३३
  • २९०७

    कैलाली । कैलालीको गौरीफन्टा नाकाबाट बिहीबार २५ सय मानिससँगै स्वदेश फर्किएका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वदेश फर्किने क्रममा कोरोनाको लक्षण देखिएपछि सिधै कैलालीको सेती प्रादेशिक अस्पताल लगिएका २२ जनामध्ये ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।बाँकी १८ जनाको रिपोर्ट आउन बाँकी रहेको सेती प्रादेशिक अस्पतालकासूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।सयौंको भिडमा रहेका व्यक्तिलाई कोरोना संक्रमण देखिएपछि अहिले सुदूरपश्चिम प्रदेशमा त्रास फैलिएको छ । बिहीबार सीमाबाट स्वदेश प्रवेश गरेका २४ सय ९८ जनामध्ये ६ सय जनाको मात्र र्‍यापिड डाइग्नोस्टिक टेस्ट विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

    शनिबार संक्रमण पुष्टि भएका चारै जना बैतडीको शिवनाथ गाउँपालिकाका हुन् । शिवनाथ गाउँपालिकाका–१ का २७ र २० वर्षीय तथा वडा नम्बर २ का २२ र ३० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।उनीहरु चारै जनाको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा छन् ।यसअघि शुक्रबार पनि सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । कैलालीको जानकी गाउँपालिकाका तीन जना, डडेल्धुराको परशुराम नगरपालिका एक जना र बैतडीको शिवनाथ गाउँपालिकाका एक जनालाई शुक्रबार संक्रमण देखिएको थियो । उनीहरुको टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भइरहेको छ ।

    जोखिम बढ्यो

    परीक्षणबिनै नेपाल प्रवेश गरी स्थानीय तहमा पठाइएकाहरुबाट सुदूरपश्चिममा कोरोना संक्रमण ब्यापक हुन सक्ने जोखिम बढेको प्रादेशिक स्वास्थ्य निर्देशनलयका प्रमुख डा. गुणराज अवस्थीले बताए ।‘यसले ठूलो जोखिम निम्त्याउन सक्छ’ उनले भने ‘अब त्यो भिडमा रहेका सबैको परीक्षण गर्न आवश्यक छ ।’ बिहीबार स्वदेश फर्केर विभिन्न स्थानीय तहमा पुगेकाहरुको खोजी सुरु गर्नुपर्ने अवस्थीले बताए ।

    ‘सबै स्थानीय तहले खोजी गर्नुपर्छ । स्थानीय तहले स्वास्थ्य कार्यालयलाई विवरण पेश गर्नुपर्छ’ उनी भन्छन् ‘त्यो भीडमा रहेकाहरुको खोजी हुन सकेन भने ठूलो समस्या हुन सक्छ । ’भारतमा कोरोनाको संक्रमण बढेपछि त्यहाँबाट आएकाहरु स्वास्थ्य परीक्षण बिनै गन्तब्यमा पुगिरहेका छन् । पछिल्लो एक सातामा मात्रै ८ हजार बढी नागरिक कैलालीको गौरीफन्टा नाकाबाट स्वदेश फर्किएका छन् । तीमध्ये ९५० जनाको मात्रै परीक्षण भएको छ ।

    ‘महाराष्ट्रबाट आएका धेरै छन् । उनीहरुबाट सबैभन्दा बढी जोखिम छ’ उनले भने, ‘अहिले हामीकहाँ जनशक्ति र सामग्री अभाव छ । मंगलबारसम्म सामग्री आइपुग्छ । त्यसपछि सबै जिल्लाको क्वारेन्टाइनमा रहेकाहरुको स्वास्थ्य परीक्षण हुन्छ ।’कञ्चनपुरको दोधरा–चाँदनी नाकाबाट एक सातामा १५ सय नागरिक भित्रिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्र पौडेलले बताए ।यो नाकाबाट शनिबार ४ सय ४१ जना र बिहीबार ७ सय ३९ जना स्वदेश फर्किएका पौडेलले बताए । यो नाकाबाट स्वदेश फर्किनेको पनि स्वास्थ्य जाँच भएको छैन ।

    क्वारेन्टाइनमा बसेकाहरु त्रसित

    गौरीफन्टा नाका हुँदै संक्रमितसँग आएका केही नागरिक अहिले बैतडीको शिवनाथ गाउँपालिकामा तयार गरिएको क्वारेन्टाइनमा छन् । उनीहरुको स्वास्थ्य परीक्षणको तयारी भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश भट्टले जानकारी दिए ।अहिले बैतडीमा १ हजार ४ सय १४ जना क्वारेन्टाइनमा छन् । सबैभन्दा बढी शिवनाथ गाउँपालिकाको क्वारेन्टाइनमा ४ सय ७५ जना रहेको भट्टले बताए । भारतबाट सँगै आएकाहरुलाई संक्रमण देखिएपछि उनीहरु पनि जोखिममा रहेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर
  • ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    News

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑