रौतहट:दाइजोमा मोटराईकल नदिएको भन्दै श्रीमतीको हत्या
वीरगंज संजाल
२१ भाद्र २०७६, शनिबार ०७:०७
३११५
रौतहट|रौतहटमा दाइजोको निहुमा एक महिलाको श्रीमानले हत्या गरेका छन् । दाइजोमा मोटरसाइकल दाइजो नदिएको निहुँमा रौतहटको राजपुर नगरपालिका ७ अकोलवाका रामबाबु सहनीले २५ वर्षीया श्रीमती सन्जु देवीको बिहीबार हत्या गरेका हुन् ।
मृतक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीका अनुसार ज्वाइँ रामबाबु दाइजोमा मोटरसाइकल नदिएको कारण कुटपीट गरी हत्या गरेका छन् । केही महिनाअघि कान्छी छोरीको बिहे गर्दा मोटरसाइकल दाइजो दिएको देखेपछि रामबाबुले सन्जुमार्फत् आफूलाई पनि मोटरसाइकल चाहियो भनेर माग्ने गरेको र नदिएपछि बिहीबार दिउँसो सन्जु हत्या गरेका बताए । छोरीको मृत्यु भएको खबर पाएपछि त्यहाँ गएर हेर्दा छोरीको घाँटीमा डाम देखिएकाले ज्वाइँले नै छोरीको हत्या गरेको बुबाको भनाई छ ।
ज्वाइँ रामबाबुले पहिलादेखि नै दाइजोमा मोटरसाइकल माग गर्दै सञ्जुलाई मानसिक याताना तथा कुटपीट गर्दै आएको बुबा अविलासले बताए । घटना संकास्पद भएकोले सञ्जुका श्रीमान रामबाबु र ससुरा मोहन सहनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।