विश्वभर कोरोना : ४३ लाख ४२ हजार संक्रमित, २ लाख ९६ हजारको मृत्यु
वीरगंज संजाल
१ जेष्ठ २०७७, बिहीबार ०६:४६
३१७५
वीरगंज | विश्वभर ४३ लाख ४२ हजार ५ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार सर्वाधिक संक्रमण फैलिएको देशमा अमेरिका सबैभन्दा अगाडि छ। त्यहाँ १३ लाख ८९ हजार ९ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै, रुसमा २ लाख ४२ हजार २ सय ७१, बेलायतमा २ लाख ३० हजार ९ सय ८५, स्पेनमा २ लाख २८ हजार ६ सय ९१, इटालीमा २ लाख २२ हजार १ सय ४, ब्राजिलमा १ लाख ८९ हजार १ सय ५७, फ्रान्समा १ लाख ७८ हजार १ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर २ लाख ९६ हजार ६ सय ९० जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ ८४ हजार ५९ जनाको मृत्यु भइसकेको छ।त्यस्तै, बेलायतमा ३३ हजार २ सय ६३, इटालीमा ३१ हजार १ सय ६, स्पेनमा २७ हजार १ सय ४, फ्रान्समा २७ हजार ७७ र ब्राजिलमा १३ हजार १ सय ४९ जनाको मृत्यु भएको छ।
विश्वभर १५ लाख ४६ हजार ८ सय ११ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ २ लाख ४३ हजार ४ सय ३०, जर्मनीमा १ लाख ४८ हजार ७ सय, स्पेनमा १ लाख ४० हजार ८ सय २३, इटालीमा १ लाख १२ हजार ५ सय ४१ जना संक्रमणमुक्त भएका छन्
नेपालमा २ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ३५ जना संक्रमणमुक्त भएका छन्।