• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एसइई परीक्षा कहिले ?

  • वीरगंज संजाल
  • ३० बैशाख २०७७, मंगलवार ११:३१
  • ८९११

    वीरगंज | चैत ६ गतेदेखिका लागि तय गरिएको एसईई परीक्षा लकडाउनका कारण अनिश्चित बनेको छ । तर, शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाको तयारी गरिरहन विद्यार्थीहरुलाई आग्रह गर्दै आएको छ ।

    आवेदन भरेका ४ लाख ८२ हजार विद्यार्थी परीक्षा हुने र नहुने अन्योलमा छन् ।

    संसदीय समितिमा एसईई खारेज गरी परीक्षाविना नै विद्यार्थीलाई प्रमाणपत्र दिनुपर्ने आवाज उठेको छ । सरकार भने खारेज गर्न नमिल्ने भन्दै परीक्षा कुनै हालतमा गर्ने अडानमा छ । तर कहिले हुन्छ ?

    कोरोनाभाइरसको संक्रमणको जोखिमका कारण सरकारले जेठ ५ गतेसम्म लकडाउन बढाइरहेको छ । जसका कारण एसईई परीक्षा कहिले हुन्छ भन्ने अन्योल छ ।

    परीक्षाका लागि आवेदन भरेका विद्यार्थीहरु परीक्षा केही हुने हो भने तनावमा छन् ।

     

     

     

    कोरोनाको महामारीमा विद्यार्थीलाई तनावमा राख्नुभन्दा कक्षामा गरिएको आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिनुपर्ने आवाज उठ्न थालेको छ ।

    विद्यालय शिक्षाको अन्तिम विन्दु १२ कक्षा भएकाले एसइई परीक्षाको औचित्यमाथि नै प्रश्न उठाउन थालिएको छ ।

    संसदीय समितिमै एसइई खारेज गर्नुपर्नेसम्मको आवाज उठेको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिका कतिपय सांसदले एसइई खारेज गर्न अहिले उपयुक्त अवस्था भएको बताएका छन् ।

    संसदको शिक्षा तथा स्वास्थ्य समितिका कतिपय सांसदले त एसईई खारेज गर्न अहिले उपयुक्त अवसर भएको समेत बताएका छन् । सांसद जीवनराम श्रेष्ठले कोरोना महामारीको बीचमा एसइई परीक्षालाई खारेज गरेर कक्षा १२ लाई नै बोर्डको तर्फबाट अगाडि बढाउने आवश्यक रहेको बताए ।

    निजी विद्यालय सञ्चालकहरुको संगठनले पनि परीक्षा हुने नहुने अन्योल चिरि यसअघिको परीक्षाका आधारमा विद्यार्थीलाई माथिल्लो कक्षा पढ्न दिनुपर्ने प्रस्ताव गरेको छ ।

    तर राष्ट्रिय परीक्षा बोर्ड भने परिस्थिति अनुकुल भएपछि एसइई परीक्षा सञ्चालन गर्ने अड्डि लिएर बसिरहेको छ ।

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा चन्द्रमणि पौडेलले कानुनमा व्यवस्था भएको हुनले कक्षामा १० को परीक्षालाई पनि लिनुपर्ने अवस्था हुन्छ । कानुनमा नयाँ व्यवस्था नभएसम्म यसलाई हटाउन नमिल्ने बताए ।

    कानुनमै एसइई परीक्षा सञ्चालनको व्यवस्था रहेकाले कानुन संशोधनविना एसईई खारेज गर्न नमिल्ने बोर्डको भनाइ छ ।

    तर लकडाउन कहिलेसम्म लम्बिन्छ भन्ने यकिन नभएकाले परीक्षा कहिले हुन्छ भन्ने प्रश्नको जवाफ बोर्डसँगै छैन ।

    यता शिक्षा मन्त्रालयले अहिले नै परीक्षाको विकल्पमा जानुपर्ने अवस्था नआएको बताएको छ ।

    शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले मन्त्रालय अहिलेसम्म ‘पर्ख र हेर’ को बताउँदै अहिले नै परीक्षाको विकल्पमा जानुपर्ने अवस्था आएको छैन । विद्यार्थीले सकेसम्म डेरा गरी बस्न नपरोस् भन्ने उद्देश्यले परीक्षाको आन्तरिक तयारी र छलफल भइरहेको बताए ।

    आन्तरिक मूल्यांकनका आधारमा सर्टिफिकेट दिने कानुनी व्यवस्था नभएकाले तयारी अवस्थामै रहन उनले आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑