तदेशभर अहिलेसम्म ७२ हजारभन्दा बढिको नमूना परीक्षण, ३१ जना डिस्चार्ज
वीरगंज संजाल
२७ बैशाख २०७७, शनिबार १८:०३
२४२९
वीरगंज | देशभर अहिलेसम्म ७२ हजार २ सय ३९ जनामा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ। पीसीआरविधिमार्फत १६ हजार ३ सय ९ जनाको र र्यापिट डाइगोनोष्टिक टेष्ट ९आरडिटी० मार्फत ५५ हजार ९ सय ३० वटा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७ सय ४२ जनाको नमूना परीक्षण भएको छ।
आरडिटी विधिबाट गरिएका परीक्षणमध्ये प्रदेश १ मा ७ हजार ५५, प्रदेश २ मा ५ हजार ८ सय ९०, बाग्मती प्रदेशमा ९ हजार ५, गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७, प्रदेश ५ मा ६ हजार ६ सय ३८, कर्णाली प्रदेशमा ६ हजार १ सय ७४ तथा सुदू्पश्चिम प्रदेशमा १४ हजार ६ सय ९१ वटा परीक्षणहरु भएको मन्त्रालयले जनाएको छ ।
हाल १४ हजार ५ सय ९२ जना क्वारेन्टाइनमा छन् भने आइसोलेसनमा रहनेको संख्या १४३ जना रहेको छ। हालसम्म नेपालमा १०९ जनामा कोरोना संक्रमण भएको छ। जसमध्ये ३१ जना डिस्चार्ज भएर घर फर्किएका छन्।
त्यस्तै प्रदेश १ मा ३४, प्रदेश २ मा ३१, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३० तथा सुदूरपश्चिम प्रदेशमा ५ गरि कोरोना संक्रमित पुष्टि भएका छन् । भने हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमित भेटिएका छैनन् ।
त्यस्तै हालसम्म वीरगञ्जमा २७, विराटनगर, नेपालगञ्जमा २४, भरतपुरमा १, रुपन्दैहीमा ६ गरि ७८ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । र उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।