• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सामाजिक सुरक्षाभत्ता नपाएको गुनासो

  • वीरगंज संजाल
  • Sep 5, 2019, 5:40 pm
  • ४६७३

    दार्चुला । शैल्यशिखर नगरपालिकाका ज्येष्ठ नागरिकले गत आर्थिक वर्ष २०७५-७६ को तेस्रो चौमासिक सामाजिक सुरक्षाभत्ता अझै पाएका छैनन् । चालु आर्थिक वर्षको दुई महिना बित्‍नै लाग्दासमेत नगरपालिकाको लापरवाहीले गत वर्षको सामाजिक सुरक्षा भत्ता नपाएका हुन् ।

    तेस्रो चौमासिक रकम बैंकमार्फत वितरण गर्ने बताएपछि हालसम्म वृद्धवृद्धाले रकम पाउन सकेका छैनन् । यहाँका नौ वडाका सामाजिक सुरक्षाभत्ता पाउने व्यक्ति रकम नपाउँदा निराश छन् । शैल्यशिखर नगरपालिका-४ रानीशिखरका रामपति भट्ट यसपालिको गौरा निकै खल्लो महसुस भएको बताउछन् ।

    गौराका लागि नयाँ लुगा लगाउने सपना पूरा नहुँदा गौराजस्तो चाडमा निराश हुनुपर्ने उनले बताए । नगरपालिकाले हरेक चार महिनामा वितरण गर्दै आइरहेको सामाजिक सुरक्षाभत्ता नपाउँदा नयाँ लुगा किन्ने र गौरा मनाउने सपनामा निराशा छाएको हो ।

    शैल्यशिखर नगरपालिकाले सामाजिक सुरक्षाभत्ता वितरणमा लापरवाही गरेपछि यहाँका सामाजिक सुरक्षाभत्ता पाउने ज्येष्ठ नागरिक दलित गैरदलित, पूर्ण र आंशिक अपाङ्गता भएका व्यक्ति, एकल महिला, विधवा महिला, दलित बालबालिका, लोपोन्मुख आदिवासीलगायतले सामाजिक सुरक्षाभत्ता पाउन नसकेका हुन् । गत आर्थिक वर्ष २०७५-७६ को तेस्रो चौमासिकको सामाजिक सुरक्षाभत्ता रकम नपाएपछि भट्टजस्तै शैल्यशिखर नगरपालिकाका झण्डै दुई हजार बढी सामाजिक सुरक्षाभत्ता पाउने व्यक्तिको गौरापर्व निराश भएको छ ।

    तेस्रो चौमासिकको भत्तावापतको रकम जेठ या असार महीनामै पाउनुपर्नेमा आर्थिक वर्ष २०७६-०७७ को दुई महीना बित्नै लाग्दा पनि रकम नपाउँदा उनीहरु निराश भएका छन् । सामाजिक सुरक्षा भत्ता पाउँदै आएका स्थानीय गोपी भट्ट भन्छन्, “विगतमा गाविस, जिविस हुँदा सहजरूपमा भत्ता पाइन्थ्यो । अहिले झन् सिंहदरबार गाउँमै आएपछि सामाजिक सुरक्षाभत्ता पाउन सकस भएको छ । घरदैलोमा पाइने सामाजिक सुरक्षाभत्ता बैंकमार्फत वितरण गर्ने भनेपछि वृद्धवृद्धा समस्यामा परेका छौं”, उनले गुनासो गरे ।

    “बैंकमै पुग्न गाउँबाट तीन घण्टा लाग्छ, उकालो बाटो छ, बैंक पुगे पनि भनेअनुसार समयमै काम हुँदैन”, भट्टले भने । बुढेसकालमा दस्तखत मिल्दैन, अरुलाई पठाए बैंकले रकम दिन आनाकानी गर्छ उनको गुनासो छ । पहिले घरघरमा सामाजिक सुरक्षाभत्ता रकम पाइन्थ्यो, सहज थियो, अहिले त्यही रकम पनि समयमै आउँदैन ।

    वडा नं ४ का वडाध्यक्ष देवदत्त भट्ट पनि सामाजिक सुरक्षाभत्ता रकमबारे अनविज्ञ हुनुहुन्छ । वृद्धवृद्धाले हामीलाई सामाजिक सुरक्षाभत्ता रकम माग्ने गर्छन्, उनले भने, “तर हामीलाई समेत किन वितरण भइरहेको छैन भन्नेबारे जानकारी छैन । एकले अर्कोलाई दोष देखाउँछन् । सामाजिक सुरक्षा रकम वितरणमा बदमासी गरेको आशङ्का छ”, उनले भने।

    शैल्यशिखर नगरपालिका–८ का वडासचिव मनोरथ जोशी सामाजिक सुरक्षाभत्ता अहिले वृद्धवृद्धाहरुको बैंक खातामा जम्मा भएको जानकारी आएको बताउछन् । भदौ आधा भएपछि उनीहरुको खातामा जम्मा भएको मोबाइलमा म्यासेज पुगेको खबर छ, उनले भने, “किन ढिलाइ भयो भन्नेबारे जानकारी छैन ।

    गत आर्थिक वर्षको दोस्रो चौमासिकको अन्तिमदेखि सबै सामाजिक सुरक्षाभत्ता बैंकमार्फत वितरण गर्ने भनेपछि ढिलाइ भएको जनाइएको छ । हामीले समयमै निकासा दिएका हौं, शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र विष्टले भने, तर बैंकमा तथ्याङ्क भेरिफिकेसनमा ढिलाइ भयो । गोकुलेश्वरस्थित मेघा बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण भइरहेको हो । बैंकमा कहिले इन्टरनेट कहिले तथ्याङ्क प्रमाणीकरणमा ढिलाइले गर्दा समयमै सामाजिक सुरक्षाभत्ता रकम दिन नसकिएको उनको भनाइ छ ।

    अहिले बैंकमार्फत सामाजिक सुरक्षाभत्ता निकासा भइसकेको उनले जानकारी दिए । नगरपालिकाका वडा नं १, २, ३, ५ र ८ का सेवाग्राहीले सामाजिक सुरक्षाभत्ता रकम पाएका छन् । बाँकी चार वडाका सेवाग्राहीको रकम निकासा भइरहेको बताइएको छ । – रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता
  • हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान
  • सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप
  • संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    लाइसेन्ससम्बन्धी नयाँ निर्देशिका जारी, ४८ घण्टाभित्र आवेदन स्वीकृत गरिसक्नुपर्ने व्यवस्था

    वीरगन्जको मेनरोड क्षेत्र तार र पाइपरहित बनाउन महानगरपालिकाले थाल्यो पहल

    संकटमा हिमालय : ग्लेसियर पग्लिने गति ६५ प्रतिशतले बढ्यो

    प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

    वीरगञ्जमा भारतीय कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    News

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    News

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    News

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    News

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑