• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ओली भर्सेस सञ्चारमाध्यम

  • वीरगंज संजाल
  • २० बैशाख २०७७, शनिबार १५:०९
  • ३५४३

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सत्ताको बागडोर सम्हालेदेखि नै सञ्चारमाध्यमप्रति अनुदार रहँदै र प्रश्न उठाउँदै आएका छन् ।

    हिजो (शुक्रबार) अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा प्रधानमन्त्री ओलीद्वार जारी भिडियो सन्देशमा सञ्चारमाध्यमले देशलाई अस्थिरता तर्फ धकेलेको आरोप लगाएका छन् ।

    त्यसोत केही हप्ता पहिला पनि प्रधानमन्त्री ओली बालुवाटारमा सरकार सञ्चारमाध्यमहरुका प्रतिनिधिहरुसँगको साक्षात्कारमा सडकमा अलपत्र मजदुरबारे प्रहरी सिडिओलाई थाहा नहुने तर पत्रकारलाई थाहा हुनु ‘रहस्यपूर्ण’ भएको अभिव्यक्ति दिएका थिए ।

     

     

     

    त्यस अभिव्यक्तिबाट ओलीले पत्रकारमाथि सम्भावित बन्देजको घुमाउरो धम्की पनि आएका थिए ।

    यता हिजो जारी भिडियो सन्देशमा ओलीले भनेका छन्– ‘आज नेपालका केही सञ्चारमाध्यहरु र सामाजिक सञ्जालहरुमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासहरुको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ । एकातिर सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयासहरु गरिनु दुःखद् कुरा हो ।’

    त्यसोत हिजो जारी गरेको सन्देशमा समेत प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमहरुलाई धम्कीपूर्ण भाषाको प्रयोग गरेका छन् ।

    कोरोनाविरुद्ध मुलुक लडिरहेको अप्ठेरो परिस्थितिको मौका छोपेर सञ्चारमाध्यमले अस्थिरता सृजना गरेको प्रधानमन्त्रीको दलिल छ ।

    नेपालको इतिहासमा श्री ३ महाराजपछि सबैभनदा शक्तिशाली शासकका रुपमा सिंहदरवार छिरेका प्रधानमन्त्री ओली अहिले आफ्नै क्रियाकलापले अप्ठेरोमा परेका छन् । तर, उनले सबै दोष सञ्चारमाध्यमलाई लगाउँदै आएका छन् ।

    दुई अध्यादेश जारी र फिर्ताबाट शुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री ओलीबाट पटक–पटक सञ्चारमाध्यमलाई आरोप लगाइरहेका छन् कि सञ्चारमाध्यले देशलाई स्थिरता तर्फ धकल्यो ।

    त्यसोत राजनीति दल फोड्न र विपक्ष दलको संवैधानिक हैसियतलाई कमजोर बनाएर संविधानमाथि प्रहार हुनेगरी अध्यादेश कसले ल्याएको हो ? सञ्चारमाध्यमले कि प्रधानमन्त्री ओली ? पक्क प्रधानमन्त्री ओली आफैले ल्याएका हुन् । र आफू बलियो हुने नाममा अस्थिरताको खेलपनि ओलीले नै खेले । तर, दोष जति सञ्चारमाध्यमलाई दिए । सञ्चारमाध्यमले त प्रधानमन्त्रीका क्रियाकलाप सार्वजनिक गरेका मात्रै हुन् ।

    त्यसोत प्रधानमन्त्री ओलीले अहिले झण्डै तिहाई बहुमतको सरकार चलाइरहेका छन् । तर, अहिले आफूले राजीनामा दिने र संसद सदस्य समेत नरहेका बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् । तर, मुलुक अस्थिरता तर्फ लैजाने खोजेको आरोप सञ्चारमाध्यममलाई लगाउँदै गर्दा प्रधानमन्त्रीले म के गर्दै छु भन्ने सोचे भ्याएका छैनन् ।

    यसैगरी देश कोरोनाको संकटमा गुज्रिरहेका बेला प्रधानमन्त्री माथिनै सांसद अपहरणको आरोप समेत लागेको छ । त्यसमा प्रधानमन्त्रीको विश्वास पात्र प्रयोग भएको देखिएको छ । त्यो अपहरण थियो वा थिएन पछि खुल्दै जानेछ । तर, कुनै पार्टीका सांसदलाई लकडाउनका बेला महोत्तरीदेखि काठमाडौंसम्म ल्याउने काम गरियो । र त्यसमा प्रधानमन्त्री ओलीको समेत भूमिका देखियो । नागरिकले प्रधानमन्त्रीसँग यसको जवाफ चाहेका छन् ।

    यो सन्दर्भमा सञ्चारमाध्यमले प्रश्न उठाए समाचार प्रकाशन प्रशारण गरे के यसले मुलुकमा अस्थिरता निम्त्याउँछ ?

    कुनै सांसदलाई रातारात काठमाडौं ल्याएर मन्त्री बनाउने र पार्टी फुटाउने भन्दै होटलमा राख्ने काम अस्थिरता हुन्छ कि त्यो सुसूचित गर्ने सञ्चारमाध्यमका कारण ?

    यो सबैको उत्तर प्रष्ट छ सञ्चारमाध्यमका कारण होइन बरु प्रधानमन्त्री र उनी निकट मानिसकै कामले मुलुकमा अस्थिरता निम्ति रहेको छ ।

    के आर्थिक अनियमिमता हुने गरि स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी समूहलाई सञ्चारमाध्यमले जिम्म दिने काम गरेको हो ?

    यो काम प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको हो ।

    सञ्चारमाध्यमले यसमा भएको अनियमितता र भ्रष्टाचारलाई खबरका माध्यबाट बाहिर ल्याएका मात्र हुन् । सञ्चारमाध्यमले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएपछि सरकारले ओम्नीसँग सम्झौता खारेज गर्यो । यसलेपनि के प्रष्ट पार्छ सञ्चारमाध्यमले सहि काम गरेका थिए र सरकारले गतल ।

    तर, सरकार यस विषयमा सोच्न चाहँदैनन् । र सञ्चारमाध्यमलाई नै आरोप लगाइ रहन्छ ।

    कलडाउनका बेला मजदुर पाएको दुःख सञ्चारमाध्यममा प्रकाशन–प्रसारण गरेको प्रति पनि प्रधामन्त्रीलाई चित्त बुझेको छैन । यस विषयमा पनि प्रधानमन्त्री सञ्चारमाध्यमप्रति आक्रोशित भए । के गाँस र बाँसको व्यवस्था नभएपछि सडकमा आएका मजदुरलाई सञ्चारमाध्यमले ल्याएका हुन् ? के उनीहरुलाई भोकै प्यासै चर्को घाममा हिँड्न सञ्चारमाध्यमले बाध्य पारेका हुन् ?

    लकडाउन लम्बिदै जाने र दैनिक जिवन चलाउन समस्या भएपछि र सरकारले समस्या समाधान नगरेपछि बाध्य भएर घर हिँडेका मानिसका दुःखमात्रै सञ्चारमाध्यमले देखाएको हो ।

    त्यसोत सरकारले लकडाउनका कारण समस्यामा परेका र दैनिक ज्यालादारी काम गरेर जिवन व्यक्ति गर्ने मजदुरलाई रातहमा कुनैपनि कमि नराखेको दाबी नै गरेको छ । यसबारे पनि प्रधानमन्त्री ओलीले बारम्बार भनिरहेका छन्–नेपालमा भोकले कोही पनि मर्दैनन् । केही दिनअघि मात्रै लकडाउनका समयमा करिब ८० करोड रुपैयाँ बराबरको राहत वितरण गरिसकेको दाबी गरे ।

    तर, त्यो राहत पनि हुने खानेका लागि मात्रै रहेको साबित भयो । यस विषयमा सञ्चारमाध्यले समाचार प्रकाशन र प्रसारण मात्र गरे ।

    त्यसैले अहिले राजनीतिमा भाडभौली हुनुको मुख्य पात्र प्रधानमन्त्री ओली आफैं हुन् । तर, उनले दोष जति सञ्चारमाध्यमलाई दिएका छन् ।

    ओलीकै पछिललो अराजनीतिक गतिविधिका कारण सबैभन्दा शक्तिशालि सरकार थरमराउने अवस्थामा आपुगेको छ । यो अवस्था निम्तिनुमा न प्रतिपक्ष दल जिम्मेवार छ न त सञ्चारमाध्यम नै ।

    समस्या, प्रश्न मन नपाराउने र म जे गर्छु ठिक गर्छु अरु सबै गलत छन् भन्ने प्रधानमन्त्री दम्भ र अहङ्कारी सोचमा छ ।thenepaltop

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑