समाज सम्पूर्ण पदपूर्ति रोक्न सरकारले लोक सेवालाई अनुरोध गर्ने
वीरगंज संजाल
१८ बैशाख २०७७, बिहीबार २१:१८
२४१५
काठमाडौँ : सरकारले पदपूर्तिसम्बन्धी कार्य अर्को व्यवस्था नभएकासम्मका लागि स्थगित गर्न लोक सेवा आयोगलाई अनुरोध गर्ने निर्णय गरेको छ।
वैशाख १४ गतेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिएका हुन्।
‘रिक्त दरबन्दी पदपूर्ति गर्न लोक सेवा आयोगबाट भएको विज्ञापनअनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका र पदपूर्तिका लागि विज्ञापन आव्हान गर्न बाँकी रहेका सम्पूर्ण पदपूर्तिसम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्मका लागि हाललाई स्थगित गर्न लोक सेवालाई अनुरोध गर्ने निर्णय भएको छ’, उनले भनेका छन्।
मन्त्री खतिवडाका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो।