• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जमा हुण्डी कारोबार, एजेन्ट यादव पक्राउ परेको यथार्थ घटना के हो?

  • वीरगंज संजाल
  • १८ बैशाख २०७७, बिहीबार ०७:४०
  • ४१४७

    वीरगन्ज |नरेश सर्राफ | जिल्ला प्रहरी कार्यालय पर्साले अवैध वित्तिय कारोबार (हुण्डी) गरेको आरोपमा वीरगन्जका एक भन्सार एजेन्टलाई लाखौ रुपैया नगद सहित पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाका प्रहरीले बुधबार दिउँसो साढे तीन बजे वीरगन्ज १६ रजतययन्ती चौकबाट स्थानिय लालबाबु कुमार यादवलाई नगद ११ लाख ५० हजार रुपैया सहित पक्राउ ग¥यो ।

    यादव आफनो पिठ्युमा बोकेको झोला भित्र रकम राखेर सिमावर्ती शहर भारतको रक्सौलबाट ना ६२ प ९५७१ को मोटरसाईकलमा सवार भई वीरगन्ज तर्फ आईरहेको अवस्थामा रजतजयन्ती चौकबाट पक्राउ गरेको प्रहरीले दावी गरेको छ ।

    रकम सहित पक्राउ गरिएका यादवले सो रकमको श्रोत नखोलाएपछि म्याद थप गराई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको पर्साका प्रहरी उपरिक्षक गंगा पन्तले बताए ।

    भारतबाट नेपाल त कसरी आए ठयाक्कै भन्न नमिल्ने, प्रहरी उपरिक्षक पन्तले भनिन््– ‘भन्सार गेट अगाडीबाट उनलाई श्रोत खोलाउँन नसकेको साढे एघार लाख रुपैया सहित पक्राउ गरिएको हो ।’
    साढे एघार लाख बरामद हुनु र श्रोत नखोलाउँनु पारीबाट ल्याउने नल्याउँने कुरै भएन त्यसै अवैध हुन्छ उनले भनिन् ।

    यादव पक्राउ गरिएको विषयमा सोध्दा प्रहरी उपरिक्षक पन्तले भनिन्– ‘कुनै न कुनै श्रोत वा भारतबाट तरकारी गाडीहरु आएका छन्, ठयाक्दै दिउँसो आउँदा आउँदा चाहि होईन, कतै कतै कारोबार भईरहेको भन्ने बारे आएको सूचनाले उनलाई पक्राउ गरिएको हो ।’

    पक्राउ परेको यादव वीरगन्ज भन्सार कार्यालयका एजेन्ट पनि हुन् । प्रहरी उपरिक्षक पन्त संग यादव बारे बुझदा उनले पक्राउ परेका यादव भन्सार एजेन्ट रहेको स्वीकार्य गरिन् । भन्सार भित्र पनि फेला नपरेको बताउदै रकमसँगै उनको साथबाट आईसिपी भन्सार कार्यालयका केहि पुराना काजगपत्र भएको तर आजको कुनै काजगपत्र फेला नपरेको उनले बताइन् ।

    ‘त्यत्रो ठूलो रकम बोकेर हिड्न नि पाउँदैन ? भंसार छुटाउँन कति नै पैसा चाहिन्छ ? अहिले हामीले बुझे अनुसार भंसार छुटाउँन एक डेढ लाख मात्र चाहिन्छ । एकजना श्रोतले यादवलाई सात लाख रुपैया दिएर गएको छ भने सुराकी दिएको थियो त्यसकै आधारमा उनलाई पक्राउ गरेका हौँ’– उनले भनिन् ।

    यादवलाई पक्राउ गर्ना साथ म्याद थप गराएर थप अनुसन्धान भइरहेको छ ।

    प्रहरी उपरिक्षक पन्त यादव हुण्डी कारोबार हो होईन भन्ने विषयमा स्वंम विश्वस्थ छैनन् । जिल्ला प्रहरी कार्यालयको मेल आईडीबाट आएको प्रेस विज्ञप्तीमा भनिएको छ, भारतको रक्सौलबाट वीरगन्ज तर्फ हुण्डीको रकम लिएर आउँदै गरेको अवस्थामा पक्राउ गरेको हो । तर एसपी साहेबले स्वंम पक्राउ परेका यादव भारतबाट नभित्रिएको उनले दिएको जानकारी अनुसार स्पष्ट छ ।

    पक्राउ परेका भन्सार एजेन्ट यादवको घर भंसार नजिकै छ । उनको अफिस पनि वीरगन्ज भंसार गेट अगाडी नै रहेको छ । विभिन्न पार्टीले आ—आफनो मालसमान छुट्याउँनको लागि जम्मा गराएको रकमको विल भौचर बनाएर दिउँसो वीरगन्जको श्रीसियामा रहेको आईसिपी (ड्राईपोर्ट) भंसारमा जादै गरेको अवस्थामा रजत जयन्ती चोकमा चेकजाँचमा खटेका प्रहरीले उनलाई जबरजस्ती नियन्त्रणमा लिएको उनका भाई सुभाष यादवले आरोप लगाए ।

    दाईलाई पक्राउ गरिएको बारे हामीलाई जानकारी पाउना साथ जिल्ला प्रहरी कार्यालयमा बुझन जाँदा गेटभित्र प्रवेश गर्न दिएन उनले भने– ‘दाईले गरेको कारोबारको सम्पूर्ण बिलभौचर र भन्सार पेपर पनि साथमा छ ।’

    पैसा दिने सप्लार्यस पनि प्रहरी कार्यालयमा रकमको बिलभौचर दिन जाँदा कसैले सुनवाई नगरेको उनले बताए ।

    भारतबाट निर्यात गरेको पापड आईसिपि भंसारबाट छुटाउँन एजेन्ट यादवलाई एक लाख ५० रुपैया दिएकार पक्राउ परेको जानकारी पाउन साथ जिल्ला प्रहरी कार्यालयमा पुगेपछि कुनै सुनवाई नभएको गणपति सप्लार्यसका सञ्चालकले गुनासो गरे ।

    भन्सार बाट आ—आफना समान छुटाउँन वीरगन्जका बालाजी ईन्टरप्राईजेज प्रालीले ८ लाख, साहिल ट्रेर्डिङ्ग सप्लायर्सले ९० हजार, श्री गणपती सप्लायर्सले १ लाख ५० हजार र एलबी ट्रेडर्सले १ लाख १० हजार गरी कुल ११ लाख ५० हजार रुपैया जम्मा गरी आईसिपी भंसारमा मालसमान छुटाउन गइरहेका थिए ।

    एजेन्टका आ—आफनो समान छुटाउँनको लागि रकम जम्मा गराएका सप्लार्यस पनि प्रहरी कहाँ जम्मा गरेको रकमको विल भौचर देखाउँदै प्रहरीले कुनै सुनवाई गरेको उनले गुनासो गरे । श्रोत खुलेको रकम भएपनि चर्चाका आउँनको लागि श्रोत नखोलेको झूठो आरोपमा दाईलाई पक्राउ गरेर प्रहरीले फसाएको उनको आरोप छ ।

    कोरोना संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न नेपाल भारत दुवै देशको सरकारले लकडाउन छ । दुईदेशको नाका पनि पूर्ण रुपमा सिल गरिएको छ । विरामी बोकेका एम्बुलेंस समेत भारतमा प्रवेश गर्न दिएको छैन । दुई शहर नै सुनसान छ । नेपाल भारत मितेरी पुल र भन्सारको मुख्य गेटमा खटेका सशस्त्र प्रहरीले किन मोटरसाईकल आएको देख्न सकेन । यदी यादव भारतबाट आएका छन भने अहिले सुनसार भंसार गेट अगाडी भंसार कार्यालयले जडान गरेको सिसी क्यामराले पनि स्पष्ट हुन्छ यादव रक्सौलबाट आएका हुन या होईन् ।

    घटना संकास्पद रहेकोले यसको निश्पक्ष छानविन गर्नु पर्ने स्थानियले माँग समेत गरेका छन् । यदी यादवले गल्ती गरेको छ भने कारवाही हुनुपर्छ होईन भने यादवलाई हुण्डीको नाममा जबरजस्ती फसाउने काम भएको छ भने, दोषी प्रहरीमाथि पनि छानविन गरी कारवाही गर्नुपर्ने स्थानियले मँग गरेका हुन् ।thenepaltop

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ
  • मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै
  • पर्साको जमुनिया खोलाबाट अवैध गिट्टी–बालुवा उत्खनन्, दुई ट्याक्टर नियन्त्रणमा
  • तेस्रो मुलुकतर्फ नेपाली छुर्पीको निर्यात उत्साहजनक, ८८ करोड बराबरको निकासी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    पर्साको जमुनिया खोलाबाट अवैध गिट्टी–बालुवा उत्खनन्, दुई ट्याक्टर नियन्त्रणमा

    तेस्रो मुलुकतर्फ नेपाली छुर्पीको निर्यात उत्साहजनक, ८८ करोड बराबरको निकासी

    वीरगंजको खानेपानी समस्या समाधान गर्न महत्वपूर्ण छलफल सम्पन्न, ६ आयोजना तुरुन्त सुरु हुने

    अमेरिकामा प्रहरीले रिपोर्टिङ गरिरहेकी पत्रकारलाई सार्वजनिक स्थानमा गोली हाने, भिडियो सार्वजनिक

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    पर्साको जमुनिया खोलाबाट अवैध गिट्टी–बालुवा उत्खनन्, दुई ट्याक्टर नियन्त्रणमा

    तेस्रो मुलुकतर्फ नेपाली छुर्पीको निर्यात उत्साहजनक, ८८ करोड बराबरको निकासी

    वीरगंजको खानेपानी समस्या समाधान गर्न महत्वपूर्ण छलफल सम्पन्न, ६ आयोजना तुरुन्त सुरु हुने

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    News

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    News

    पर्साको जमुनिया खोलाबाट अवैध गिट्टी–बालुवा उत्खनन्, दुई ट्याक्टर नियन्त्रणमा

    News

    तेस्रो मुलुकतर्फ नेपाली छुर्पीको निर्यात उत्साहजनक, ८८ करोड बराबरको निकासी

    News

    वीरगंजको खानेपानी समस्या समाधान गर्न महत्वपूर्ण छलफल सम्पन्न, ६ आयोजना तुरुन्त सुरु हुने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑