कोरोनाले २४ घण्टामा ६ हजारको मृत्यु, ९० हजार संक्रमित पहिचान
वीरगंज संजाल
१४ बैशाख २०७७, आईतवार ०६:३९
४१७५
काठमाडौं । विश्वभरका २१३ देशमा फैलिएका कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ६ हजार भन्दा धेरैको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ४० कोरोना संक्रमितको मृत्यु हुँदा अमेरिकामा मात्रै २ हजार ५५ को ज्यान गएको छ ।
कोरोनाले विश्वभर २ लाख ३ हजार १३९ को ज्यान जाँदा अमेरिकामा मात्रै ५४ हजार २४८ को ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा ९० हजार १०८ नयाँ संक्रमित थपिएका छन् । यसमध्ये अमेरिकामा मात्रै ३५ हजार २९३ संक्रमितको पहिचान भएको छ । हाल विश्वभर १८ लाख ७९ हजार ३०९ कोरोना संक्रमित रहेका छन् । जसमध्ये ५८ हजार १७८ को अवस्था गम्भीर रहेको छ । अमेरिकामा उपचाररत १५ हजार ११० संक्रमितको अवस्था गम्भीर रहेको छ ।
नेपालमा भने हालसम्म कोरोनाका कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । ४९ जनामा कोरोाना संक्रमण देखिएको छ । जसमध्ये १२ जना निको भएर घर फर्किसकेका छन् । उपचाररतको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ८७ जना आइसोलेसनमा छन् । १४ हजार ७३१ क्वारेन्टाइनमा छन् ।