• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    लकडाउन लम्बिन्छ तर स्वरुप परिवर्तन हुनसक्छ : मुख्यमन्त्री गुरुङ

  • वीरगंज संजाल
  • १३ बैशाख २०७७, शनिबार १८:१४
  • २८९५

    पोखरा | गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लकडाउनको स्वरुप परिवर्तनको गृहकार्य गरिरहेको जानकारी दिएका छन् । उनले शनिबार बिहान आफ्नै कार्यालय प्रांगणमा पत्रकारलाई यो जानकारी दिएका हुन् । उनले भने, ‘लकडाउन त निश्चित रुपमै लम्बिन्छ’, उनले भने, ‘तर मोड्यालिटी फरक हुनुपर्छ ।’

     

    उनले भारतमा कोभिड १९ भाइरस फैलिरहेको हुँदा पनि लकडाउन लम्बिने प्रष्ट्याए । निर्माण र उत्पादनको क्षेत्र सञ्चालनका लागि भने आफ्नो सरकारले गृहकार्य गरेको उनले जनाए । ‘सीमामा कडाइ गरेर आन्तरिक रुपमा खुकुलो पार्ने हो कि भन्ने मनस्थितिमा हामी पुगेका छौं’, उनले भने, ‘मान्छे आवतजावतचाहिँ नगरौं, तर गाउँघरमा खेतीपाती गर्न बन्द नगरौं, निर्माण बन्द नगरौं ।’ सरकारी योजना र ठूलाठूला निजी योजनाको निर्माण सुचारु गरी सुरुआत गर्न सकिने उनले सुनाए । भारतमा कोभिड १९ फैलिरहेको हुँदा सीमा भने कडा हुनुपर्ने उनको भनाइ छ।

     

    गण्डकी प्रदेश प्रवेश गर्ने पश्चिमी नाका स्याङ्जाको रामदीमा अहिलेसम्म प्रहरी चौकी नरहेको मुख्यमन्त्रीले औंल्याए । ‘अहिले तुरुन्तै अस्थायी चौकी राख्न लगाएको छु’, उनले भने, ‘अर्को वर्ष त्यहाँ स्थायी चौकी नै बनाउन बजेट राख्छु ।’

     

     

     

     

     

     

     

     

     

     

    गण्डकी प्रदेशमा विदेशबाट आएका सबै ४५ सय जनाको आरडीटी परीक्षण सकिएको जानकारी मुख्यमन्त्री गुरुङले दिए । उनले भने, ‘बागलुङका संक्रमित २ जना पनि निको भएपछि हाम्रो प्रदेशका सबै ११ जिल्ला अहिले ग्रिनजोनमा छन् ।’ निर्माण सामग्री कसरी ओसारपसार गर्ने भनेर आचारसंहिता तयार गरिरहेको जानकारी पनि उनले दिए ।

     

    निर्माण क्षेत्रमा काम गर्नेहरु निर्माणस्थलमै बस्ने र बाहिरबाट आउन जान नदिने गरी काम सुचारु गर्न सकिने मुख्यमन्त्रीको भनाइ छ । भारतबाटै सामान ल्याउनुपर्ने भए सीमामा चालक र गाडी स्यानिटाइज गरी मात्रै आउन दिनुपर्ने उनले बताए । गण्डकीमा कोभिड १९ परीक्षणका लागि आवश्यक मेडिकल किट ३७ हजार माग गरिएको पूरा नआएको मुख्यमन्त्रीले सुनाए ।

     

    मुख्यमन्त्री गुरुङले कोभिड १९ ले स्वास्थ्यका पूर्वाधार राज्यका तर्फबाट भएका ठाउँमा रोकथाम गर्न सकिने शिक्षा दिएको बताए । उनले भने, ‘हाम्रा जिल्ला अस्पतालहरुलाई विशिष्टीकृत सेवा प्रदान गर्न सक्ने बनाउने गरी बजेट छुट्याउँछौं ।’ लेखनाथ सामुदायिक लायन्स अस्पताललाई सरुवा र संक्रमित रोगको उपचार केन्द्रका रुपमा विकास गर्ने योजना उनले सुनाए । ‘यस्तो अस्पताल चाहिँदो रहेछ’, उनले भने ।

     

    उनका अनुसार प्रदेश सरकारले राहतका लागि सबै ८५ स्थानीय तहलाई पैसा उपलब्ध गराएको थियो । प्रत्येक गाउँपालिकालाई ५-५ लाख, नगरपालिकालाई १० लाख र पोखरा महानगरपालिकालाई १ करोड रुपैयाँ प्रदेश सरकारले दिएको थियो । ‘हाम्रो प्रदेशभित्र भएको विदेशी नै किन नहोस् भोकले नमरोस् भन्ने हो’, उनले भने, ‘तर कतैकतै पाउनुपर्नेले राहत पाएनन् ।’ स्थानीयबाट त्यसरी कतै छुटपुट भएको ठाउँमा प्रदेश सरकारले पनि सिधै राहत उपलब्ध गराएको उनले सुनाए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित
  • पर्सामा दोस्रो दिन पनि होटल र आँप गोदाममा अनुगमन, उपभोक्ता हितमा प्रशासन सक्रिय
  • सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाख ७१ हजार बराबरको अबैध सामान भन्सार दाखिला
  • वीरगञ्जमा ‘भविष्य मेला २०२५’ मा निःशुल्क डिम्याट खाता खोल्ने अवसर, विद्यार्थीहरूलाई करियर र शैक्षिक मार्गदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    पर्सामा दोस्रो दिन पनि होटल र आँप गोदाममा अनुगमन, उपभोक्ता हितमा प्रशासन सक्रिय

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाख ७१ हजार बराबरको अबैध सामान भन्सार दाखिला

    वीरगञ्जमा ‘भविष्य मेला २०२५’ मा निःशुल्क डिम्याट खाता खोल्ने अवसर, विद्यार्थीहरूलाई करियर र शैक्षिक मार्गदर्शन

    आमाको नामबाट नागरिकता दिने व्यवस्था रहेको विधेयक पारित

    अंजुमन ईस्लामिया मुर्लि द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना, २१ जनाले गरे रक्तदान

    नेशनल मडिकल कलेजले नेपाल प्रहरी र उनका परिवारलाई स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    पर्सामा दोस्रो दिन पनि होटल र आँप गोदाममा अनुगमन, उपभोक्ता हितमा प्रशासन सक्रिय

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाख ७१ हजार बराबरको अबैध सामान भन्सार दाखिला

    वीरगञ्जमा ‘भविष्य मेला २०२५’ मा निःशुल्क डिम्याट खाता खोल्ने अवसर, विद्यार्थीहरूलाई करियर र शैक्षिक मार्गदर्शन

    आमाको नामबाट नागरिकता दिने व्यवस्था रहेको विधेयक पारित

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    News

    पर्सामा दोस्रो दिन पनि होटल र आँप गोदाममा अनुगमन, उपभोक्ता हितमा प्रशासन सक्रिय

    News

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाख ७१ हजार बराबरको अबैध सामान भन्सार दाखिला

    News

    वीरगञ्जमा ‘भविष्य मेला २०२५’ मा निःशुल्क डिम्याट खाता खोल्ने अवसर, विद्यार्थीहरूलाई करियर र शैक्षिक मार्गदर्शन

    News

    आमाको नामबाट नागरिकता दिने व्यवस्था रहेको विधेयक पारित

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑